Sorry, that menu does not exist.
 

गुल्मीमा गजवको अभियानः गर्भवतीको घर–घरमा झण्डा !

प्रेम सुनार, गुल्मी २०७५ असार २५ । गुल्मी दरबार गाउपालिकाले त्यहाँका गर्भवती महिलाहरुलाई सुरक्षित प्रशुति सेवा उपलव्ध गराउन उनिहरुको घर घरमा झण्डा गाड्ने पृथक खालको अभियान यस जिल्लामा छेडेको छ ।

पहिला सवैले गाउँका ठुला साहु मार्जनलाई चिन्थे र चिन्नै पर्दथ्यो तर अव दुखी गरिव र विशेष गरी हरेक गर्भवती महिलालाई चिनौ र उनिहरुलाई संस्थागत रुपमा प्रशुती सेवा उपलव्ध गराऔं भन्ने उद्देश्यका साथ सो गाउँपालका कार्य समितिले यस्तो अभियान छेडेको स्वास्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्याले बताए ।

जिल्लामा गर्भवती महिलाहरुका लागि पुर्ण सस्थागत प्रसुती क्षेत्र घोषणा गर्ने गुल्मी दवरवार गाउँपालिका पहिलो हो । उसले आईतवार भब्य समारोहका बिच ‘गर्भवती झण्डा’ बितरण समेत गरेको छ । सो गाउँपालिका अन्तरगत दरवार देबिस्थान स्वास्थ्य चौकीद्वारा सञ्चालित बर्थिङ सेन्टरमा पायक पर्ने वडा नम्वर ५, ६ र ७ मा रहेका गर्भवती, महिला स्वास्थ्य स्वयम सेविका, जनप्रतिनिधी, राज्नैतिक दलका प्रतिनीधी
र स्वास्थ्यकर्मिहरुको उपस्थितिमा गर्भवती झण्डा वितरण गरिएको थियो ।

कार्यक्रममा गाउपालिका अध्यक्ष अशोककुमार थापाले यो अभियान संगै अब देखी प्रसुती ब्यथा लागि बर्थिङ सेन्टर सम्म आउनका लागि एम्बुलेन्स सेवा निशुल्क रुपमा उपलब्ध गराउने र गर्भवतीलाई ल्याब सेवामा लाग्दै आएको सेवा शुल्कलाइ ५० प्रतिसतमा झार्ने ब्यबस्था गाउपाकिकाले मिलाउने बताए । उनले , बर्थिङ सेन्टरलाई आबश्यक पर्ने सबै भौतिक ब्यबस्थापन गाउपालिकाले गर्ने घोषणा समेत गरे ।

उनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सो गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्यालले सहजीकरण गरेका थिए । कार्यक्रममा हरेक छिमेकीले कुन घरमा के छ गर्भवती रु उसलाई चिन्नै पर्ने र उसको स्वास्थ्य सम्वन्धि रेख–देख गर्ने पर्ने । घरको धुरीमा झण्डा गाडिएको देखे पछि एक पटक हरेकले त्यस घरकी गर्भवती महिलाको स्वास्थ्य सम्वन्धि अवस्था बुझ्नै पर्ने जस्ता महत्वपुर्ण मापदण्ड बनाई छेडिएको यो अभियान यस जिल्लाका लागि उदाहरणीय मानिएको छ ।

पहिलो पटक दलित महिलाको अध्यक्षता

पुर्ण सस्थागत प्रशुती सम्बन्धी अभिनुखिकरण तथा गर्भवती झण्डा बितरण कार्यक्रमको अध्क्षयता पहिलो पटक त्यहाँकी दलित महिलालाई गराईएको थियो । त्यस गाउँपालिका वडा न ७ बाट निर्वाचित दलित महिला सदस्य लक्ष्मी सुनारलाई अध्यक्षता गराईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply