पूर्णभद्र निउरे, ताराखोला २०७५ असार २५ । भौगोलिक तथा जातिय बिबिधता खेलकुद कला र सस्कृतीको संरक्षण मा हाम्रो सहभागिता भन्ने मुल नाराका असारे युवा क्लबको आयोजनामा असार १९ देखि ताराखोलामा संचालित असारे मेला आज सम्पन्न भएको छ ।
मेलाको अबसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा सहभागी ३९ समूह लाई पछाडी पार्दै देउराली युवा क्लब हिलले प्रथम स्थान हासिल गर्दै नगद ६० हजार हात परेको छ भने पज्खतप् हुँदै सिद्ध भैरब फर्निचर उद्योग हरिचौरले नगद४० हजार पुरस्कार प्राप्त गरेको छ।
सैगरी ८ समुहको सहभागीता रहेको महिला भलिबल प्रतियोगिताको प्रथम उपाधी बडीगाड गाउपालिका ४ जलजलाले जितेको छ भने आयोजक असारे युवा क्लब तारा व्दितिय बनेको छ ।
आजै सम्पन्न ७ समुहको सहभागिता रहेको सामुहिक नृत्य प्रतियोगितामा सीप युवा क्लब प्रथम र भुस्कात नाट्य समूह दोश्रो भएका छ्न। यस अघि नै सम्पन्न १२ समूह को सहभागीता रहेको धनुषबाण प्रतियोगितामा निस्कोट म्याग्दी प्रथम र होलि पूर्णिमा युवा क्लब तारा व्दितिय स्थान हासिल गरेका थिए । मेलामा आयोजित लोक दोहोरी गीत र पुरुष तथा महिला रस्साकस्सी समय अभाबका कारण सन्चालन गर्न नसकिएको आयोजकले जनाएको छ ।