Sorry, that menu does not exist.
 

आमाले ईन्टरनेट चलाउन नदिएपछि छोरीले गरिन आत्महत्या !

प्रेम सुनार, अर्घाखाँची २०७५ असार २७ । अर्घाखाँचीमा एउटा दुखद र अभिभावकहरुलाई सोचनीय पार्ने घटना घटेको छ । ईन्टरनेट सेवा भएको मोबाइल चलाउन आमाले नदिएपछि भुमिकास्थान नगरपालिका– ६ खिल्जी खमारीबासकी १५ वर्षीया सुनिता थापाले आत्महत्या गरेकी छन् ।

आमा रमा थापाले पढ्ने समयमा मोबाइल नचलाउ भनी सम्झाई बुझाई गर्दा जिद्दी स्वभावकी छोरी सुनिता थापाले मोबाईल चलाउन नपाएको झोकमा आवेगमा आएर बुधवार आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी प्रमुख डिएसी नवराज मल्ल संग सम्पर्क राख्दा घटनाको पहिलो कारक आमाले मोवाईल नदिनु रहेको पाईएको बताए । उनले भने–‘ उनले ज्यान हाल्नुको पहिलो कारक त्यही देखिएको छ । उनले सुसाईट नोट पनि लेखेकी छन । जुन यस्तो छ –‘मैले वावालाई सानैमा पनि देख्न पाईन ।

एउटी आमालाई शान्ति दिन सकिन । मेरो लास नजलाई दिनु । गाडी दिनु । आमालाई त शान्ति नमिल्ला तर म मेरो बाटो गर्छु । ’ त्यस नोटमा उनले एक पटक आमालाई आई लभ यु भने पनि सानैमा मृत्यु भएका बुबालाई पटक पटक आई लभ यु ड्याडी, आई लभ यु ड्याडी भनेर विदा लिएको डिएसपी मल्लले बताए । सानैमा वावु देख्न नपाएको कलेस उनिमा रहेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply