Sorry, that menu does not exist.
 

गल्याङ-पचुवा जोड्ने दरमखोला पुल ७ महिनामा सम्पन होला ?
यहि गतिले निर्माण कार्य हुने हो भने यो मोटरेबल पुल अझै तीन वर्ष बन्दैन !

मित्र खरेल, गल्कोट २०७५ असार २८ । मध्यपहाडी लोकमार्गको गल्कोट नगरपालिका वडा नं ९ मल्मको गल्याङ देखी वडा नं ८ काँडेबासको पचुवा जोड्ने दरम खोलामा निर्माणाधीन मोटरेबल पुलको दायाँ (गल्याङ) खण्डको जगको ढलान हिँजो बुधवार देखी सुरु भएको छ ।

एक वर्ष देखी यहि अवस्थामा रहेको पुलको पचुवा खण्डको जग ।

निर्माणस्थलमा उपस्थित सडक डिभिजनका ईन्जिनियर (साइट ईन्चार्ज) दिपक पौडेलसंग ‘गल्याङ खण्डको जगको ढलान भएछ नि ?’ भन्ने यस प्रतिनिधीको जिज्ञासामा, पुरै जगको ढलान सुरु भएको नभै पार्टिसनमा ढलान (right abuutment raft concreting) कार्य सुरु भएको जानकारी दिए । उनले ६० मिटर लामो (bridge span- 2*30-60 meter) यो मोटरेबल पुलको खोलाको दुबै किनार र खोलाको बीचमा गरी तीन पिलर निर्माण गरिनु पर्ने पनि बताए ।

सडक डिभिजन कार्यालयका अनुसार दुई वर्ष पहिले संझौता गरिएको रु ५ करोड भन्दा बढी लागतको निर्माणाधीन सो पुल सम्पन्न गर्ने म्याद आउदो माघ महिना सम्म रहेकोे छ ।

आउदो माघ महिना भित्र पुल निर्माण सम्भव छ त ? भनि प्रश्न गर्दा ईन्जिनियर पौडेलले भने माघ महिना भित्र पुल सम्पन्न हुन्छ हुन्न भन्दापनि यहि गतिले पुल निर्माण हुने हो भने यो पुल अझै तीन वर्ष बन्दैन ।

निर्माण स्थलमा ठेकदार रविन जोशीलाई भेट्ने प्रयास गर्दा उनी केहि समय पहिले बागलुङ प्रस्थान गरिसकेका रहेछन् । साइटमा रहेका निर्माण कम्पनिका सुपरभाईजर कुमार थापासंग आउदो माघ महिना भित्र पुल निर्माण हुन्छ त भनी सोद्धा आफुलाई थाहा नभएको जवाफ दिए ।

निर्माणस्थलमा भेटिएका स्थानीयसंग पुल निर्माण सम्वन्धमा जिज्ञासा राख्दा उनिहरुले ईन्जिनियर साहेबले निर्माण सामाग्रीमा कुनै कैफियत हुन नदिन निकै सतर्क रहेको बताए ।

स्मरणीयछ, गत असार १० गते मध्यपहाडी लोकमार्गको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले यो पुल निर्माणमा भएको ढिलाई एवं लापर्बाहीलाई लक्षित गर्दै पुलको तत्काल निर्माण कार्य अघि बढाउन वा ठेक्का रद्द गरी कालो सूचीमा नाम निकाल्न सडक डिभिजन प्रमुख थानेश्वर खत्रीलाई निर्देशन दिएपछी ठेकदार वाईपी कन्स्ट्रक्सनले पुल निर्माणमा तदारुकता देखाएको हो ।

पुलको बायाँ (पचुवा) खण्डको जगको एक वर्ष पहिले ढलान गरी रडहरु ठडाएर सम्पर्कहीन रहेका ठेकदार रविन जोशी असार महिनाको पहिलो सातामात्रा बागलुङमा देखा परेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply