Sorry, that menu does not exist.
 

कागजमा काम सम्पन्न गराउँने वडाध्यक्षले अब रस्व–दीर्घ पनि हेर्ने !

प्रेम सुनार, गुल्मी २०७५ असार २८ । केहि दिन अघि काम नै नएको एक विकास निर्माण योजनामा काम सम्पन्न भएको भन्दै रकम निकासीका लागि गाउँपालिकामा सिफारिस दिने छत्रकोट गाउँपालिका–४ का वडाध्यक्षले आफु गम्भीर भएको प्रतिकृया दिएका छन ।

त्यस गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष डिलाराम न्यौपानेले त्यस वडाको नयाँपोखरा देखि सपौंदी गैरा हुँदै राधाकृष्ण मन्दिर सम्मको मोटरवाटोमा परेको ७३ हजार ८ सय ३७ रुपैयाको काम गर्दै नगरे पनि सम्पन्न भएको भन्दै रकम निकासीको सिफारिस गाउँपालिकामा दिएका थिए ।

उक्त सिफारिस लगेर रकम निकासी गर्न गएका उपभोक्ता समितिका अध्यक्ष दिपक कँडेल लगायतलाई स्थानियले पोल खेलि दिए पछि रकम निकासी असफल भएको थियो ।

वडाध्यक्ष न्यौपाने आज फोनमा भने–‘ अँस्ती त्यस समाचारका वारेमा तपाईले फोन गर्दा म मिटिङ्गमा भएकोले मेरो फोन साईलेन्टमा थियो । आज म भन्छु कि मलाई आफ्नै मान्छेले फँसाएका हुन । अव देखि मैले हस्ताक्षर गर्नु पुर्व लेखिएको पत्रमा रस दिर्घ समेत हेरेर हस्ताक्षर गर्ने छु । ’
उनले आज पनि त्यस्ता विकास निर्माणका दुई चार वटा सिफारिस लिएर केहि मानिसहरु आएको तर आफुले रोकेर काम हेरेर मात्र सिफारिस दिने अडान लिएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply