Sorry, that menu does not exist.
 

तत्काल सार्वजनिक सुनुवाई गर्न नगर प्रमुख समक्ष अनुरोध !
नगरपालिका भित्रको आर्थिक अनियमितता बिरुद्ध भण्डाफोर गर्दै काँग्रेस जनता समक्ष जाने !

बागलुङ २०७५ असार २९ । नेपाली काँग्रेसले बागलुङ नगसपालिका भित्रका हरेक आर्थिक कृयाकलापको पारदर्शिताका साथ प्रष्ट पार्नेगरी तत्काल सार्वजनिक सुनुवाई गर्न बागलुङ नगरपालिका र नगर प्रमुख समक्ष अनुरोध गरेको छ ।

नेपाली काँग्रेस बागलुङले आज (असार २९ गते) एक प्रेस विज्ञप्ती प्रकाशित गरी अन्यथा बागलुङ नगरपालिका र नगरप्रमुखका बिरुद्ध भण्डाफोर गर्दै जनता समक्ष जाने चुनौती समेत दिएको छ ।

नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्र बहादुर थापाव्दारा हस्ताक्षरित विज्ञप्तीमा स्थानीयतहको निर्वाचन भै जनप्रतिनिधी बहाल भएपछी पनि बागलुङ नगरपालिकाको बारेमा नीतिगत, आर्थिक र प्रशासनिक क्षेत्रका अनियमितताका विषयमा बिभिन्न गतिविधी एक पछी अर्को तथ्य सार्वजनिक भैरहेका छन् । बागलुङ नगरबासीको रगत र पसिनाबाट आर्जन गरेको कर जुन कर बिकास र सम्मृद्धका नाममा सयौँ गुणा बृद्धि भएकोमा जनता तिर्न बाध्य छन् भने आर्जित करको चरम दुरुपयोग गरी नगर प्रमुख आलिशान महल भाडामा लिएर बस्ने क्षेत्राधिकार नाघेर कर्मचारी, शिक्षक नियुक्ती सरुवा बढुवा गर्ने स्थानीय साधन श्रोतको चरम दुरुपयोग गर्ने पाईप, तार जाली तथा इन्धन आफ्ना कार्यकर्तालाई वितरण गरी दुरुपयोग गनर्,े विना मापदण्ड आर्थिक सहयोगका नाममा लाखौँ रकमको दुरुपयोग गर्ने, आफना आसेपासे र नातागोतालाई दैनिक ज्यालादारी भन्दै कर्मचारी नियुक्त गर्ने अनियमितताको आन्तरिक सेटिङ निर्माणका लागि त्रैमासिकरुपमा प्रमुख प्रशासकीय अधिकृत जिल्ला ईन्जिनियर र अरु कर्मचारीको लेनदेन गर्ने जनताको करबाट उठेको रकम निजी कम्पनिका जहाजलाई क्षेतीपुर्ति भन्दै भर्ने त्यसैगरी ठेकदार उपभोक्ता समिति र कार्यालयका जिन्सी तथा योजना फाँटका कर्मचारी लगाएर कमिशन माग्ने जस्ता अत्यन्तै निन्दनीय समाचारहर विभिन्न मिडियामा आईरहेका छन् । तर यस्ता जघन्य निन्दनीय समाचार आउदा समेत बागलुङ नगरपालिकाकाले बेवास्था गरी आफ्ना नाजायज कार्यलाई अगाडी बढाई राखेको उल्लेख छ ।
विज्ञप्तीको पूर्ण पाठ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply