Sorry, that menu does not exist.
 

तमानखोला गाउँपालिकाद्वारा लक्षभन्दा ६० प्रतिशत राजश्व संकलन !

सुमन सुनार, बुर्तिबाङ २०७५ असार २९ । तमानखोला गाउँपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा लक्ष्यभन्दा ६० प्रतिशत बढी राजश्व संकलन गरेको छ ।
भौगोलिक विकटता र कम आर्थिक कारोबार हुने तमानखोलामा सेवा शुल्कबाट अपेक्षाभन्दा धेरै राजश्व संकलन भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । राजश्वको दायरा र दरलाई बढाउन आर्थिक विकासका कार्यक्रमहरुलाई प्राथमिकतामा राखिने उनको भनाई थियो ।

गाउँपालिले आर्थिक बर्ष २०७५÷०७६ मा एकीकृत सम्पत्ती कर पनि लागु गर्ने जनाएको छ । एकीकृत सम्पत्ती करको लागि कलस्तर अनुसार अचल सम्पत्तिको मुल्य तोकिने र त्यही अनुसार करको दायर र दर निर्धारण गरिने अध्यक्ष बुढामगरले बताए । एकीकृत सम्पत्ति कर लागु गर्नका लागि भर्खरै मात्र गाउँपालिकाले ३ दिने तालिम पनि सम्पन्न गरिसकेको छ ।

चालु आर्थिक बर्षमा ९ लाख ३९ हजार राजश्व संलकन गर्ने लक्ष्य राखिएकोमा करिब १७ लाख राजश्व संकलन गरिएको गाउँपालिकाका लेखापाल याम थापाले जानकारी दिँदै धेरैजसो राजश्व सिफारिस र व्यवसाय दर्ताबाट संकलन गरिएको बताए ।

त्यस्तै, गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा १५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । गत २४ गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा चालु आर्थिक बर्षको भन्दा साढे ५ लाखभन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य राखिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply