प्रेम सुनार, गुल्मी २०७५ असार ३० । सर मलाई बचाउनुस , मैले गुहार पाईन । प्रहरीले तिम्रो जेठाजुको दिमाग विग्रेको छ केहि गर्न मिल्दैन भनेर भन्छ । यदि उनको दिमाग विग्रेको भए मलाई मात्र किन पछ्याएर आक्रमण गर्छन ? यसो भन्दै र रुदै अहिले विहान पनि ती महिलाले फोन गरिन ।
उनी हुन अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनदहकी उमा खनाल । गत पुस महिनामा पनि उनका जेठाजु चन्द्रबहादुर खनालले भाई वुहारीलाई श्रीमती बनाउँछु भन्दै ढुङ्गा–मुढा गरेर असुरक्षित पारे पछि यसै समाचारदाताले अर्घाखाँचीको प्रहरीलाई आग्रह गरेर समातिएको थियो ।
त्यस पछि गायव भएका उनैले फेरी अहिले घरमा आएर आतंका मच्चाई रहेका छन । उनि मानसिक रोगी भएको अर्घाखाँची प्रहरीको भनाई छ । यदि उनि मानसिक रोगी हुन भने सवैलाई आक्रमण गर्नु पर्दथ्यो ।
किन तिनै भाई बुहारी मात्रै आँखाको तारो बनेकी छन ? ती भाई वुहारीका अनुसार हालै निज जेठाजुले उनका श्रीमान अर्थात भाई नन्दबहादुर खनाललाई निर्घात कुटपिट गरेर अस्पताल भर्ना हुने गराएका छन ।
‘श्रीमान पनि घर हुनुहुन्न’ उनले डाको छाड्दै भनिन–‘ हँसिया कोदालो लिएर आक्रमण गर्न आउँछ , तँलाई मैले स्वास्नी बनाउँ छु भन्छ म के गरुँ ? मलाई गुहार दिनुस् । ’
उनका अनुसार उनको घरका तिन वटै कोठा फोरेर भएको सवै कुरा निज जेठाजुले लुटेर लगेको छ । ‘घरमा अन्नको गेडा छैन सर, म दुई तिन दिन देखि भोकी छु, उनले भक्कानिदै भनिन के खाएर बाँचुँ ?’
उनी २०६२ सालमा ५७ वर्षिय नन्दबहादुर संग दोश्रो विवाह गरी आएकी ३९ वर्षिया महिला हुन । अघिल्लो घरवार तर्फ तिन सन्तान र नन्दबहादुर तर्फ ३ सन्तान भएको उनी बताउँछिन । ती जेठाजुकी पनि घरमा श्रीमती छन् ।
श्रीमती आफै पनि असुरक्षित भएर कहिले काँही घर छाड्ने गरेको स्थानिय बताउँछन । गाउँका महिला समुह पनि निज जेठाजुबाट आजित भएको भन्दै फोन गर्छन । पागल भएको नाटक गरेर भाई बुहारीलाई आक्रमण गरेको स्थानियको बुझाई छ ।
यस सम्वन्धमा अर्घाखाँचीका प्रहरी प्रमुख डिएसप नवराज मल्ल संग सम्पर्क राख्दा निज मानसिक रोगी भएकोले पहिला अस्पतालमा राखिएको बताए । अहिले फेरी उसले आतंक मच्चाएको जानकारी आएपछि हिजो देखि खनदह ईलाका प्रहरी चौकीलाई त्यहाँ खटाएको उनले जानकारी दिए ।
ती महिलाका भाई ठाकुर रायमाझी भन्छन –‘ हो, हिजो देखि त्यहाँको प्रहरी आएर मेरै घरमा बसेका हुन । निज जेठाजु अहिले घर मै ढोका लगाएर लुकेको छ । तर प्रहरीले घर भित्र रहेको मान्छेलाई हामीले ढोका फोरेर निकाल्न मिल्दैन भन्छ । ’
उनको यो भनाई डिएसपी मल्ल संग राखे पछि स्थानियलाई जम्मा गरेर निजलाई समात्न लगाउने जानकारी दिए । निज अँस्ती दिनभर श्रीमती संग घाँसपात गरेर बसेका थिए । हिजो देखि श्रीमती पनि घरमा छैनन ।
निजका छोरा बुहारी भारततिर रहेको बताईएको छ । गत पुस महिनामा पनि जेठाजुव्दारा भाई बुहारी असुरक्षित भएको समाचार बाहिर आए पछि निज जेठाजुको आतंक बन्द भएको थियो ।