पूर्णभद्र निउरे, ताराखोला २०७५ साउन १ । ूहिलको पहिचान, सस्कृती संरक्षण स्वच्छ सम्बृद्ध समाज निर्माण हाम्रो अभियान ूभन्ने मुल नाराका साथ साउने सक्रान्ति मेला ब्यबस्थापन समिती हिल द्वारा असार २९ देखि ताराखोला गा पा ३ हिलमा संचालित साउने सक्रान्ती मेला आज सम्पन्न भएको छ।
मेलाको समापन समारोहमा बोल्दै गण्डकी प्रदेश सांसद चन्द्र बहादुर बुढा ९सागर०ले संघिय ब्यबस्थाको कार्यान्वयन संगै स्थापित प्रदेश सरकार अझै पनि नीति निर्माणको चरणमा रहेकाले जनताले अपेक्षा गरे अनुसार बिकास योजनाका काम गर्न नसकेको बताए ।
उनले स्थानीय तहबाट सम्बोधन हुन नसकेका योजनाहरुलाई प्रदेश र संघबाट सम्बोधन गराउन आफुले सधै पहल गरिरहने कुरामा जोड दिए । त्यस्तै अर्का सांसद दिलमाया रोकाले स्थानीय स्तरमा हुने यस्ता खाल का मेलाहरुले कला सस्कृतिको संरक्षण संगै आपसी एकता र सदभाब वृद्धि गर्न टेवा पुर्याउने बताए।
ताराखोला गाउपालिका का अध्यक्ष प्रकाश घर्तीले जनता हरुमा स्थानीय सरकारको प्रत्याभुती दिलाउने गरि ताराखोला गाउपालिकाले नीति तथा कार्यक्रम तय गरिरहेको बताए।
मेलामा आयोजित ३० समुहको सहभागीता खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा शिद्ध भैरब इलेक्ट्रिकल सप हरिचौर प्रथम र त्रिशुली युवा क्लब हिल व्दितीय हुँदै क्रमश ५० हजार र ३० हजार पुरस्कार हात परेका छन।
त्यसैगरी ६ समूहको सहभागिता रहेको महिला भलिबल प्रतियोगितामा बडीगाड गाउपालिका जलजला प्रथम र एनवाईसी तारा ले दित्तिय स्थान हासिल गरेका छन ।
पुरुष तर्फ शिद्ध भैरबका रिजन राना र महिला तर्फ जलजला की लुकु श्रीस उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत बनेका छ्न।
कार्यक्रमको अबसरमा मगर समुदायको सिस्नो खोस्ने सस्कृती , जनजाति पन्चे बाजा , सोरठी नाच , महिला समुदायको भजन मण्डली लगायतका सस्कृतीहरु प्रदर्शन संगै राष्ट्रिय कलाकार नवीन राना र चाहाना श्रीले साङ्गीतिक प्रस्तुति राखेका थिए। कार्यक्रम साउने सक्रान्ती मेला ब्यबस्थापन समितीका अध्यक्ष जग बहादुर घर्तीको अध्यक्षता सदस्य को हिरा बगाले स्वागत र हर्क बि क को सन्चालन मा सम्पन्न भएको थियो ।