विवरण आईपुगेपछि तत्काल राहत वितरण गरिने छ : प्रमुख जिल्ला अधिकारी खरेल !
राम सुबेदी, बुर्तिबाङ २०७५ साउन २ । गय रातिको वर्षातका कारण बुर्तिबाङ बजार तथा आसपासमा २४ घर परिवारको घर क्षति भएर विस्थाति भएका छन् । जस मध्ये पूर्ण रुपमा बाढीले घर पसरिएका तथा भत्किएकाको संख्या १६ रहेको छ भने ८ घर परिवारको आँशिक क्षति भएको इलाका प्रही कार्यालयले जनाएको छ ।
ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङ बजार माथिबाट आएको बाढीले बजार क्षेत्रको हस्पिटललाईन, सिनेमारोड तथा सिमसारमा गरि २० घरमा क्षति पुगेको छ भने, बुर्तिबाङ उपल्लो बजारमा २ घर तथा वडा नं. २ को सेरामा १ घर र कुत्थाप्लामा १ घर क्षतिग्रस्त अवस्थामा पुगेको भन्दै पीडितहरुले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका छन् ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओम प्रकास यादवले दिएको जानाकारी अनुसार बुर्तिबाङ बजारको निर्माणाधीन प्राथमिक स्वास्थ्य केन्द्र अवस्थित भवनमा भेल पसेर तल्लो तला पुरिएको छ । यता सेवारत स्वास्थ्य केन्द्रको ओपिडि शाखा, टिकट काउन्टर तथा प्रशासनिक कक्षमा पानी पसेर ढुवानमा परेको छ । यस्तै इलाका प्रहरी कार्यालय भवनमा समेत वाढीले क्षति पु¥याएको छ । प्रहरी कार्यालयको खाना पकाउने किचन र भवन परिसरमा क्षति पु¥याएको छ ।
देवचोकमा रहेको सुमन पौविको एक तले घर, हेमबहादुर विश्वकर्माको ग्रील उद्योग, टेकबहादुर विकको फर्निचर उद्योग, राजु विकको ग्रील उद्योग, लिलाधर अर्यालको बस्ने घर, रेमबहादुर विकको रेष्टुरेन्ट, कृष्ण लामाको रेष्टुरेन्ट, प्रकाश फ्रेस हाउस, सकबहादुर कुवँरको कुटानी पिसानी मिल, पानकी तामाङको रेष्टुरेन्ट, कालिका कुमालको रेष्टुरेन्ट, कालिका मोटरसाईकल वर्कशप, पूर्णरुपमा क्षतिभएका छन् । उता नगरपालिकाको वडा नं. २ सेरामा लिलाबहादुर पुनको घर माथिबाट पहिरोले च्यापेर पूर्ण रुपमा ध्वस्त भएको छ । त्यस्तै वडा नं. २ मै टेकबहादुर घर्तिको घर पहिरोमा पुरिएकार क्षसतग्रस्त भएको प्रहरी निरीक्षक यादवले ईबागलुङलाई बताए । अन्य आँसिक क्षति र सामान्य नोक्सान हुनेहरुको संख्या अझै बढन सक्ने प्रहरी निरीक्षक यादवले जानाकारी दिए ।
यस्तै वडा नं. १ कै भव्रेटामा ३ वडा घर पूर्णरुपमा बस्न नमिल्ने गरि क्षति भएको ढोरपाटन नगरपालिका वडा नंं १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीले जानाकारी दिए । बाढि पहिरोका कारण करोडौंको धनमाल, कृषि उत्पादनमा क्षति पुगेको उनले बताए । क्षति पुगेका पीडितहरुका लागि नगरपालिका स्थानीय प्रशासन र सरोकारवालाको छलफलबाट आवश्यक परिपूरणको व्यवस्था गर्न आफुले पहल थाल्ने अध्यक्ष भण्डारीले बताए ।
बाढीले विस्थापित बनाएका घर परिवारका लागि खान वस्नका लागि अस्थायी व्यवस्थापन गरिएको छ । बुर्तिबाङको जनता बोर्डिङ स्कुलमा उक्त व्यवस्थापन गरिएको नगरपालिकाका उपप्रमुख कर्मती पुनले बताईन् । उनीहरुका लागि खान बस्न तथा लत्ताकपडाको सबै व्यवस्था ढोरपाटन नगरपालिकाले गरेको छ । नगरपालिकाको तत्काल कार्यापालिका बैठकले विपत व्यवस्थापन कोषबाट सहयोग प्रदान गरिने उनले बताईन् ।
राहत वितरणका लागि जिल्ला प्रशासन कार्यालयका तर्फबाट पूर्ण क्षति भएका परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ प्राप्त हुने प्रावधान रहेको एकीकृत सेवा केन्द्र प्रमुख जनक थापाले ईबागलुङलाई बताए । त्यसका लागि जिल्लामा जानाकारी गराइसकेको सेवा केन्द्र प्रमुख थापाको भनाई छ । जिल्ला प्रशासन कार्यालयमा पूर्ण क्षसत भएकाहरुको विवरण पुगेपछि तत्काल राहत वितरण गरिने जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले बताएका छन् ।