बागलुङ, २०७५ साउन ६ । साउन महिना झरी वर्षाको महिना मात्र नभएर वर्खे नाँचहरुको महिनापनि हो । बागलुङ बजारमा नेवार समुदायको आगमन सँगै बर्खे नाँचहरुको शुभारम्भ भएको मानिन्छ ।
वर्खे नाँचहरुमा रोपाई, जोगी, लाखे लगायतका नाँचहरु प्रदर्शन गरिने प्रचलन छ । बिजोर वर्षहरुमा यहाँको प्रशिद्ध हनुमान नाँच पनि प्रदर्शन गरिन्छ ।
बर्खे नाँचहरु बजारमा प्रदर्शन गरिरहँदा महिलाहरु घरका झ्यालहरुबाट नाँच अवलोकन गर्ने गर्छन । प्रस्तुत तस्वीर बागलुङ बजारको हो र झ्यालमा बसेर हनुमान नाँच हेरिरहेको अवस्थाको २०७२ सालमा खिचिएको हो ।
तस्बीर- किरण आचार्य, फोटो सम्पादक ईबागलुङ ।