घनश्याम गाौतम, गल्कोट २०७५ साउन ७ । गल्कोट नगरपालिका बडा नम्बर ४ को प्रयटकीय गन्तब्यको रुपमा परिचित निलुबाको काखमा तथा आधार क्षेत्रको रुपमा रहेको लरेनीमा आज हरिशयनी एकादशिको अबसरमा बर तथा पिपलका बिरुबा रोपिएको छ । गल्कोट नगरपालिका बडा नम्बर ४ का स्थानियको सक्रियतामा चितबनबाट बिरुबा ल्याएर करिब १ सय ५० बढी पिपल तथा ३५ बटा बरका बिरुबा रोपिएको निलुबा पर्यटकीय क्षेत्र प्रवर्धन केन्द्रका अध्यक्ष ओमकार सुबेदीले ईबागलृङलाई जानकारी दिए ।
गत केही महिना अगाडि भएको हनी हन्टिङ महोत्सवपछि आन्तरीक तथा बाह्य पर्यटकको केन्द्र बिन्दु बनेको गल्कोट नगरपालिका बडा नम्बर ४ को निलुुबा क्षेत्रमा एकीकृत निलुवा कृषि पर्यटन पुर्बाधार बिकास परियोजना तयार गरिएको अध्यक्ष सुबेदीले बताए ।
लरेनी क्षेत्रलाई बनस्पति बगैचा बोटानिकल गार्डेन बनाउने लक्ष्य निलुबा पर्यटकीय क्षेत्र प्रबर्धन केन्द्रले लिएको छ । निलुवाबाट धौलागीरी माछापुच्छ्रे लगाएतका हिम श्रृखला अबलोकन गर्न सकिन्छ । निलुवा सगैं बडा नम्बर ४ लाई धार्मिक तथा सास्कृतिक हिसाबले पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उद्देश्यले धार्मिक आस्थाका बिरुबा रोपिएको स्थानिय ईश्वर सुवेदीले ईबागलुङलाई बताए ।