भरतप्रसाद सापकोटा, बागलुङ बिहुँ २०७५ साउन ७ । बागलुङ जिल्लाको काठेखोला गाउपालिका वडा ५ बिहुँको रामकोट स्थित प्रशिद्ध त्रिपुरेश्वर महादेव मन्दिरमा आज साउन महिनाको पहिलो सोमबार ठुलो संख्यामा रहेका भक्तालुहरुले महादेवका पजा अर्चना गरे ।
पर्यटकीय एवं धार्मिक हिसाबले पनि चर्चामा आउन थालेको यो मन्दिर परमान्दीय गुरुकुल र संस्कृत पाठशालाको नामले पनि निक्कै परिचित यस मन्दिर केहि बर्ष अघि संस्कृत पाठशाला बन्द भएपछि केहि आझेलमा परेजस्तो देखिए पनि पुरानो मन्दिरलाई पुन निर्माण गरि नयाँ बनाए पछि प्रदेश नम्बर ४ मा नै ठुला शिव लिङ्ग स्थापना गरेपछि आन्तरिक पर्यटकहरुको संख्यामा निक्कै बृद्धि भईरहेको मन्दिर ब्यबस्थापन समितिका सहसचिव ज्ञामनाथ कडेंलले बताए ।
उनले पछिल्लो समय बाह्यपर्यटकहरु पनि आउन थालेकोमा यस मन्दिरको प्रचार प्रसार देश तथा बिदेश समेत हुन लागेकोमा खुशी ब्यक्त गरे । बह्मलीन स्वामि एवं राष्ट्रप्रेमि श्री १००८ परमान्नद सरस्वति महराजले देखाएको सत्मार्गले र कुनै पनि पुस्तक नपढिकन तपस्या बाटै आर्जन गरेको ज्ञान र धार्मिक महत्वले यस क्षेत्र तथा विदेश समेत प्रभाव परेकाले भक्तालुहरुले बुझे संगै यस क्षेत्रमा आगमन बढेको बताउदै समितिका उपाध्यक्ष गौरिशंकर शर्मा सुवेदीले आज मात्र यस मन्दिरमा दर्शन गर्न आएका भक्तालुहरु बाट ३० हजार ८ सय १० रुपैंया नगद र रु १२ हजार बराबरको जिन्सिी समेत उठेको जानकारी दिदै यसैलाई र यसको धार्मिक महत्व बिषयमा अझै बढि प्रचार प्रसार गर्नुपर्ने बताए ।
सो अवसरमा प्रत्येक सोमबारहरुमा यस क्षेत्रमा आउने भक्तालुहरुका लागि भन्डारा तथा प्रसाद वितरण गरिएको थियो भने साबिक ४र५वडा का जनसमुदायबाट यस भन्डाराको ब्यबस्था मिलाईएको समितिले जानकारी दिएको छ।