घनश्याम गौतम, गल्कोट २०७५ साउन १० । गल्कोट नगरापलिकाले बडा नम्बर ६ को शिबालय घाटबाट मजुबा हुदै हरिचौर ताराखोला म्याग्दी जोड्ने सडकको स्तरबृद्धि कार्य ब्यबस्थितरुपमा हुन सकेको छैन् । नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ बाट पुर्बाधार बिकास तर्फ बिनियोजित बजेट रु २० लाखको लागतमा मोटरबाटोको स्तरियकरण कार्य सञ्चालन गरिएतापनि मध्ये बर्षातमा सडक हिलाम्मे हुदा आवतजावतमा समस्या भएको हो । नगरपालिकाले टेण्डर प्रक्रियाबाट शुभारम्भ गरेको उक्त मोटरबाटोको स्तरिकरण गर्न केसी निमार्ण सेवाले गत असारमा करिब १९ लाखमा सम्झौता गरेको थियो ।
निर्माण सेवाले मोटरबाटोको स्तरीकरणको कार्य शुभारम्भ गरेतापनि समयमै सम्पन्न हुन नसकेको स्थानियको भनाई छ । अहिले शिवालय घाट बाट चरौदी खोला सम्म सबारी जस्तै पैदल यात्रा गर्न समेत समस्या हुने गरेको छ । अहिले उक्त क्षेत्रमा स्थानिय पैदलयात्री सडकको उत्तर पट्टि निर्माण भएको नालीको पर्खालबाट हिड्ने गरेका छन् । सडक हिलाम्मे छ, साना तथा दुई पाङ्ग्रे सबारी साधान हिलोमा फस्ने गरेका छन् । अहिले हिलाम्मे बनेको उक्त सडका बगेको पानी हिलोले यात्रालाई समेत जोखीम निम्त्याएको छ । उक्त सडक हिलाम्मे हुदाँ दुई पांग्रे र स–साना चारपांग्रे सवारी साधनलाई सडक पार गर्नलाई समस्या छ ।
यस्तै यस सडकखण्डको दायाँ बायाँ किनारामा हिँडडुल गर्ने पैदलयात्रीलाई समेत समस्या भएको छ । पैदलयात्रा गर्दा चिप्लने डर र सवारी साधनले हिलो उछिट्याउने हुँदा हिल्ल्लाम्मे हुने अवस्था यात्रुलाई रहेको अबस्था छ । यसलाई तत्काल ब्यबस्थापन गर्न केसि निर्माण सेबाले करिब २५ प्रतिशत काम सम्पन्न गरेको छ ।
स्तरीकरण हुने सडकको करिब ९० प्रतिसत स्थानमा स्टीमेट अनुसार नाली निर्माण तथा कटिङको काम सम्पन्न गरेको निर्माण सेबाका सञ्चालक योगेश भण्डारीले बताए ।
मोटरबाटोको स्तरीकरण गर्न पहिले उपभोक्ता समितिमार्फत गर्न खोजेको भएपनि उक्त प्रक्रिया अघि बढ्न सकेन नगरप्रमुख भरत शर्मा गैरेले भने टेण्डर प्रक्रियामा जादा प्रक्रिया अनुसार ढिला सम्झौता भयो, समयमै काम सुरु गरेपनि उक्त सडकमा स्थानियको अबरोधका कारण अदालती प्रक्रिया अघि बढाउदा समयमै उक्त बाटोको स्तरीकरण हुन नसकेको हो ।
सडकको उत्तरतर्फ ३० सेन्टीमीटर चौडाई तथा ४५ सेन्टी मिटर उचाई भएको पक्की नाली निर्माण भैरहेको भएपनि समयमै सम्पन्न गर्न नगरपालिका सगं सम्झौता ढिला भएको, तथा शुभारम्भ भएदेखीनै मौषमले साथ नदिदा दिनहु पानीले सड्कमा ग्राभेल गर्न नसकिएको निर्माण सेवाका सञ्चालक योगश भण्डारीले बताए ।
नगरपालिकाले उक्त सडकलाई नगरको गौरबको आयोजनाको रुपमा लिएको भएपनि गौरबको आयोजना अनुसार निर्माण हुन नसकेको स्थानिय जित बहादुर गोतामेको भनाई छ । गोतामेले सडक हिलाम्मे हुदा बिरामी पर्दा सकज रुपमा अस्पताल ल्याउन समेत समस्या हुने गरेका बताए । नगरपालिकाले उक्त क्षेत्रको सडकको हिलो माटोलाईे एक साईडमा राखेर सहज रुपमा यात्रा गर्ने बाताबरण निर्माण गर्न निर्माण सेबालाई निदेशन दिएको बताउदै नगरप्रमुख गैरेले पैदल यात्रीलाई मध्येनजर गरि उक्त क्षेत्रमा तत्काल बाटोको ब्यबस्थापन गर्न निदेशन दिएको बताए ।
निर्माण सेबाले निरन्तर रुपमा सबारी सञ्चालन हुदा निर्माणको कार्य सञ्चालन गर्न समस्या भएको जनाएको छ । सेबाका सञ्चालक योगेश भण्डारीले तत्काल काम सञ्चालन गर्न बर्षाकाको कारण समस्या भएपनि छिट्टै गुणस्तरीस्य रुपमा काम सम्पन्न गर्ने बताए ।
साढे ९ मिटर फराकिलो उत्त बाटो सिबालय घाटको निर्माणाधीन मोटरेबल पुलबाट स्तरिकरण सुरु गरिएको उक्त बाटो यस बर्ष करिब साढे ३ सय मिटर बाटोको स्तरिकरण हुने बताइएको छ । बर्षातको समयमा सडक हिलाम्मे हुदा यात्रुलाई सास्ती भएको स्थानिय सञ्जय नेपालीको भनाई छ । नेपालीले सतरीकरण गर्न नौबिसे जामुडाडाँ ग्रामीण मोटरबाटोको नाकान अबरुद्ध भएको बताए । अहिले उक्त सडक पुर्ण रुपमा अबरुद्ध भएको छ ।