Sorry, that menu does not exist.
 

बुर्तिवाङमा चर्चा छ, सँजिवलको बोटमा झुुण्डिएर आत्महत्या ?, असंभव !
भाई भन्छन, मेरो दिदी प्रेमकुमारीको हत्या भएको छ, हत्यारा उम्कन नपाओस !

बुर्तिवाङ २०७५ साउन ११ । बुर्तिवाङमा प्रेमकुमारी बिकको मृत्यु प्रकरण चर्चाको शिखरमा छ । आफू भन्दा होँचो सँजिवलको बोटमा प्रेमकुमारी विक झुण्डिएर आत्महत्या गरिन भन्ने कसैले पत्याएका छैनन् । एक धार्नीको बस्तु पनि धान्न नसक्ने सँजिवलको बोटमा ३७ वर्षकी हट्टाकट्का युवती झुण्डिएर आत्महत्या गरेकी हुन भनेर कसैले भन्दैन । सबैजसोको भनाई एउटै सुनिन्छ पहिले हत्या गरेर पछी झुण्डाएर आत्महत्यामा परिणत गर्न खोजिएको हो ।

मृतक प्रेमकुमारी बिकका भाई खबहादुर बिकको जाहेरीमा मृतकका श्रीमान भरतबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघी बढाएको छ । अभियुक्त भरतबहादुरले प्रारम्भका श्रीमतीलाई कुटपिट गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको थियो । तर अहिले अभियुक्त बिक ईन्कारीमा रहेको श्रोतको दावी छ । कुटपिट गरेको हुँ मारेको होईन, उ आफै झुण्डिएर आत्महत्या गरेकी हो भन्ने अभियुक्तको भनाई रहेको चर्चा बाहिर आएको छ ।

झुण्डिएर आत्महत्या गरिएको भनिएको सँजिवलको बोट र कुखुराको खोर ।
आफू भन्दा होँचो सँजिवल जस्तो कमजोर बोटमा झुण्डिएर आत्महत्या गरेको कुरा आफैमा आश्चर्य जनक छ । एकाघरमै डेरा गरी बस्ने मृतकका भाई खबहादुर विक (रसाइली)का अनुसार’ त्यो हत्या नै हो । असार ५ गते राति झगडा भएको र म पनि मर्छु तलाईँ पनि मार्छु भनि हातमा धारिलो हतियार लिएर कोठामा रहेका प्लास्टिकका ड्रमहरुमा हान्दै ओहोर दोहोर गरिरहेकोले निजकै कर्तव्यबाटै दिदीको मृत्यु भएको हो ।

खबहादुरले भने, १४ वर्षका भानिज (मृतकको छोरा) मीनबहादुर बिक सुत्ने कोठा बाहिर चुक्कुल लगाएर बाहिर निस्कन नसक्ने गरी भिनाजुले थुनेर राखेका थिए ।

खबहादुर विकले भने, घटनास्थलमा मृतक प्रेमकुमारीको शव भुँईमा लत्रिएको अवस्थामा थियो । हातले कुकुराको खोरको छानामा छोएको थियो । घाँटीको डोरीपनि उल्टोमुख थियो । भिनाजुले डोरी काटेर भुईमा शव सुताएपछी प्रहरीलाई सूचना दिएको हो ।

उनले दिएको जानकारी अनुसार नेपाल बैँकमा रहेको खाताबाट एक दिन पहिले रकम झिकिएको छ । आठ वर्ष पहिले पनि भिनाजुले गाउँकी एक केटीलाई ल्याएका थिए पछी पहिले नै बिबाह गरेको थाहा पाएपछी त्यो केटी गएकी थिई ।

उनले भने सबै पत्रकारहरुले सहयोग गर्नु प-यो मेरो दिदीको हत्या भएको छ । हत्यार उम्बन नपाओस् ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख र अनुसन्धान अधिकृत घटनाका बारेमा बुझ्न बुर्तिवाङ आएर फर्किएको कुरा सार्वजनिक भएपछी यस काण्डले बुर्तिवाङमा थप चर्चा बटुलेको छ । यस अघिका हत्या, आत्महत्या लगायतका घटनाहरुमा जिल्ला सदरमुकामबाट सरकारी वकिल र अनुसन्धान अधिकृत आउने गरेको थाहा नपाएका यस क्षेत्रका जनतालाई यो पछिल्लो घटना चासोको विषय बनेको हो ।

तपाईहरुले वकिल कसैलाई राख्नु भएको छैन ? भनी प्रश्न गर्दा हाम्रो तर्फ कोहि वकिल नराखेको बताए । उनले अस्ति सरकारी वकिल र ईन्सपेक्टर साहेव आएर घटनास्थल सबै हेर्नु भयो । यो मुद्दा सरकारी वकिलले हेर्ने हो भन्नु भएको छ किन वकिल राख्न पयो र ?

उहाँहरुलाई सबै सत्यतथ्य कुरा बताउनु भयो त भन्दा खबहादुरले भने सबै बताएँ, दिदीको मोबाईलमा मलाई मार्ने भयो भनेको ३।४ सेकेण्डको भिडियो थियो त्योपनि देखाई दिएको थिए । यो काम छैन भनेर भन्नु भयो ।

हामीले जिल्ला सरकारी वकिल कार्यालय बागलुङको ५२०४२० मा फोनमा सम्पर्क गर्दा कार्यालयका स्टाफले वकिल साहेब बाहिर भन्ने जवाफ दिए । उहाँको मोबाईल नम्बर माग्दा दिन नमिल्ने बताए । ‘यस्तो पनि हुन्छ, मोबाईल नम्वर पनि बताउन नहुने ?’ भनी प्रतिप्रश्न गरेपछी उनले भने, ‘तपाईँलाई उहाँ आफैले फोन गरे भएन ? भनी प्रश्न गरे ।

तत्पश्चात वकिल साहेब धर्म पौडेलको फोन नम्बर सोधखोज गरी ९८४६०४०१५७ मा फोन गर्दा सम्पर्क भयो र यसबारे जिज्ञासा राख्दा आफु र अनुसन्धान अधिकृत प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी बुर्तिवाङ पुगेर घटनाबारे जानकारी लिएर फर्किएको बताए । घटनाको बारेमा उनले अहिले केहि भन्न नमिल्ने बताए ।

स्वयं घटनास्थल पुगेर अनुसन्धान गरी फर्किएको सरकारी वकिल र प्रहरी निरीक्षकको टोलीको अनुसन्धानलाई लिएर अहिले टीका टिप्पणी गर्नु उपयुक्त हुँदैन । टोलीले जे बुझ्यो सत्य तथ्य नै बुझेको छ भन्ने ठानेर हत्यारा उम्कन नपाउने कुरामा विश्वस्त रहनु बाहेक अर्को बिकल्प छैन ।

यी तल दिईएका लिंकहरु पनि पढौँ

तुसली नगरमा प्रेम कुमारीको शव ! हत्या कि आत्महत्या ?

प्रेमकुमारी बिकको आत्महत्या शंकास्पद : त्यस राति श्रीमानले कुटपीट गरेका थिए- रसाईली

कसरी हेर्नु यो कारुणिक दृश्य ! आमाको अन्त्यष्टि हुँदै छ, छोरीलाई भनिदै छ ‘अहिले आउँछिन पख…

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply