प्रेम सुनार, गुल्मी २०७५ साउन ११ । मान्छेले मान्ने ईश्वर र गुरु फरक होलान । मन्दिर मस्जीद र चर्चहरु फरक होलान तर मान्छेको मन उहि रहेछ । मानवियता र आत्मियता जात जात विच र धर्म धर्म विच फरक रहेन छ । आज गुल्मीको सदरमुकाम तम्घासमा देखिएको दृश्यले यहि कुरा स्पष्ट पारेको छ । यहाँबाट मुस्लीम समुदायकी एउटी बृद्ध महिला र उनका छोरा सउदी अरवमा हज गर्न जानका लागि विदाई कार्यक्रममा यसको घत लाग्दो दृश्य देखिएको हो ।
अर्घाखाँची पुर्खेयौली घर भई ३२ वर्ष देखि सदरमुममा ब्यवसाय गर्दै स्थायी वसोवास समेत गर्दै आई रहेकी ६४ वर्षिया खातिजा बेगम सुहानी, उनका जेठा छोरा जिउल्ला वेगम सुहानी हज गर्नका सउदी अरव साउन १६ गते काठमाडौंबाट उडान हुँदै छ ।
त्यसका लागि आज विहानै देखि मस्जीदमा सामुहिक भोज भतेर पछि यहाँका मुस्लीम समुदायले आफ्नो धार्मिक विधि अनुसारको विदाई कार्यक्रम सुहानीको घर मै राखेका थिए । त्यहाँ त्यही समुदायले मात्र नवाज पढेर अंगालो हाल्दै र आँशु झार्दै विदाई गरेका थिए ।
उनिहरु कति वेला तल झर्छन र विदाईको पुष्प गुच्छा दिउँला भन्दै कुरेर बसेका हिन्दु र वौद्ध धर्म मान्ने समुदायका महिला र पुरुषहरुले भिमचोकमा आई पुग्दा सवैका आँखामा आँशु रसाएको थियो ।
भिमचोकमा पसल गर्ने सीता पाण्डे ती आमा छोरालाइ विदाई गर्न आउँदै गर्दा उनको आँखाबाट आँशु खसी रहेका थियो । आमा…राम्रै सञ्चै हज गरेर आउनु होला , स्वास्थ्यको ख्याल गर्न होला भन्दै उनले अँगालो मारिन् ।
उताबाट झविन्द्र सुनार र उनकी श्रीमति गंगा सुनार पनि आँशु खसाउँदै उनिहरुलाई खादा र पुष्पगुच्छाले विदाई गर्दै थिए । ३२ वर्ष अघि करिव ३० हजारका चुरा बेच्न भिमचोककी खिमकुमारी श्रेष्ठको त्यति वेलाको कच्ची घरको एउटा साँघुरो कोठामा तिन भाई छोरा लिएर कष्टकर जीवन बिताएकी थिईन सुहानीले ।
अहिले सदरमुकाम तम्घासमा व्यस्त सडक छेउँमा चार चार तले पक्की घर कि मालिक बनेकी छन । लाखौंको कारोवार गर्ने तिन तिन वटा फेन्सी पसलकी मालिक पनि भईन उनी । आज हज गर्न गुल्मीबाट दोश्री महिलाको अवसर समेत पाएकी उनि विगतको त्यो दुख कष्ट सम्झिएर रोईन ।
हिजो उनै घरधनी ९४ वर्षिया खिमकुमारी र शोभा श्रेष्ठले अरुलाई थप भक्कानो छाड्ने बनाए । शोभा श्रेष्ठ आमा.. भन्दै हाम हालेर भक्कानो छाडिन । भनिन–‘ माथी आमाले तपाईलाई बोलाउनु भएको छ ।’
माथी घरमा खिमकुमारी खडिएर हिड्न नसक्ने भएकोले बोलाएकी रहिछन । सुहानीका आमा छोरा माथी हजुर आमाको आशिर्वाद लिन जाँदा पाउ परेर सुहानीले आशिर्वाद मागिन । र, भक्कानिदै भनिन ‘आमा म नआञ्जेल मेरा छोरा छोरी तपाईका जिम्मा है.. । ’
खिमकुमारी र शोभा श्रेष्ठले सुहानीलाई अँगालोमा कस्दै र भक्कानिदै भने–‘ राम्रो संग हज गरेर आउनु होला, यता घरको केहि चिन्ता लिनु पर्दैन , हामी छौं…।
त्यस पछि छोरा सुहानी ती हजुर आमाको शिरमा शिर जोडेर आशिर्वाद थापे । उनि पनि भक्कानिदै तल झरे ।
सुहानीका ५० वर्षिया छोरा श्रेष्ठ परिवार संग हिजो डेरा बस्ने ताकाको वालापनमा जस्तै दुधे वालकका रुपमा प्रस्तुत भई रहेका थिए । हजुर आमा संग विदा भएर उनिहरु तल झर्ने क्रमममा ती हजुर आमा फेरी डाको छाड्दै भनिन , मेरी नानी कहिले आउने हो , म बाँच्छु कि बाँच्दिन, नानी , वावु राम्रै संग गए, आएको देख्न पाउँ ।’
बृद्धा सुहानीलाई फेरी महेशकुमार श्रेष्ठका तोते वालकलाई चुम्न मन लाग्यो । वुहारीको काखमा थिए ती तोते वालक धैरे वेर सम्म चुम्दै बुहारीलाई आशिर्वाद दिईन । उनिहरु आमा छोरा गाडीमा चढेर जाँदा हिन्दु, मुस्लीम संगै उभिएर आँशु बगाउँदै थिए । अन्य धर्मलम्वी र सवै जात जाती विच यस्तै दृश्य देशैभर र सधै देख्न पाईयोस्…………..
हेरौं विदाईका सात तस्वीर