Sorry, that menu does not exist.
 

बागलुङमा आत्महत्या गर्नेहरुको संख्या सर्बाधिक, जबरजस्तीकरणीका घटनामा त्यत्ति कमी आएन !

बागलुङ २०७५ साउन ११ । बागलुङ जिल्लामा आत्महत्याका घटनाहरु सर्बाधिक रहेका छन् । कर्तव्य र भवितव्य ज्यान मुद्दाको तुलनामा आत्महत्या गर्नेहरुको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको रिकर्डले देखाएको छ ।

प्राप्त विवरण अनुसार बिगत आव २०७२/०७३, २०७३/०७४ तथा २०७४/०७५ गरी तीन आर्थिक वर्षहरुमा झुण्डिएर आत्महत्या गर्नेहरुको संख्या क्रमश २९, ३६ र ३२ गरी जम्मा ९७, विष सेवनबाट क्रमश ३, ४ र १ गरी जम्मा ८, र हामफाली आत्महत्या गर्नेको क्रमश ३ र ३ संख्या रहेको छ । आव २०७४/०७५ मा हामफाली आत्महत्या गरेको घटना दर्ता भएको छैन ।

उता कर्तव्य ज्यान सम्वन्धी मुद्दाहरु क्रमश: ८, ६ र ८ गरी जम्मा २२ दर्ता भएका छन् भने भवितव्य ज्यानमा क्रमश: १६, १९ र १५ मुद्दा दर्ता भएको विवरणमा देखिएको छ भने ज्यानमार्ने उद्योगमा क्रमश ५, ३ र ३ गरी जम्मा ११ मुद्दा दर्ता भएका थिए । यसैगरी सवारी ज्यानमा क्रमश ८, १४ र १७ गरी जम्मा ३९ जनाको ज्यान गएको विवरणमा उल्लेख छ ।

बिगत तीन आर्थिक वर्षहरुमा जबरजस्ती करणीका ३७ थान मुद्दाहरु दर्ता भएको देखिन्छ जस्मा क्रमश १५, १२ र १० संख्यामा मुद्दा दर्ता भएका छन् भने जबरजस्ती करणी उद्योगमा क्रमश ३, ३ र ७ मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ । यसैगरी लागु औषध तिर क्रमश ५, ८ र ११ गरी जम्मा २४ घटनाहरु भएको छ ।

प्रहरीको रिपोर्ट अनुसार दर्ता भएका अधिकांश मुद्दाहरु फस्र्यौट भएका छन् । प्राप्त विवरण अनुसार कर्तव्य ज्यानमा १, झुण्डिई आत्महत्यामा ३२ र भवितव्य ज्यानमा १५ मुद्दा फस्र्योट हुन बाँकी रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply