Sorry, that menu does not exist.
 

गायिका स्वरुपा रसाइलीको आमा–छोरीको मौलिक तीज गीत “मिठो सम्झाना”–भिडियो सहित

बिक्रम सुनार, काठमाडौँ, २०७५ साउन १२ । नेपाली नारीहरु महान चाडको रुपमा मानिने हरितालिका तीज नजिकिदैँ गर्दा बजारमा विभिन्न प्रकारका गीतहरु आएका छन । कति त आउदैँ पनि छन । देशका धेरै जसो रेकर्डिङ स्टुडियोहरु पनि निकै व्यस्त देखिन्छन, तीज गीत उत्पादन र सम्पादन गर्नका लागि । जति तीजी गीतहरु बजारमा आएता पनि तीजी गीतको महत्व बोकेर आउदैनन्, नारीको वेदना बोकेका गीतहरु आउदैनन् । पछिल्लो समयमा त झन तीज गीत होकि रत्यौली छुट्टयाउन पनि कठिन पर्ने गर्दछ । तर,त्यो भ्रमलाइै चिर्दै गायन क्षेत्रमा फरक पहिचान बनाउन सफल चर्चित गायिका स्वरुपा रसाइलीको यसपालीको तीजी कोशेली फरक किसिमको मौलिक गीत “मिठो सम्झाना” बजारमा आएको छ ।

बिजय कुमार सुनारको उत्कृष्ट शव्द सृजना, नेपाली संगीत क्षेत्रका हस्ती बरिष्ठ संगीतकार विवि अनुरागीको संगित संयोजनमा रहेको उक्त गीतमा गायिक स्वरुपा रसाईली र उनकी ममतामयी माता पवित्रा रसाइलीको सुमधुर आवाज रहेको छ । जुन गीत राजधानीमा शुक्रवार विशेष कार्यक्रमका बिचमा विमोचन समेत गरिएको थियो ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने पर्व भएकाले सोही कुरालाई ध्यानमा राखी गीत बजारमा ल्याएको सुमधुर आवाजकी धनी गायिका स्वरुपा रसाईलीले ईबागलुङलाई बताईन् ।

उनले गत वर्ष पनि मिठो बोलीले बोलको गीत बजारमा ल्याएकी थिईन, जुन गीत सामाजिक संजाल तथा संचारमाध्यममा अत्याधिक रुचाइएको थियो ।
साथै रसाईलीले अन्य गीतहरुलाई जस्तै यो तीजी कोशेलीलाई पनि माया गरि एक पटक हेर्न, सुन्न र सुझाव दिन समेत आग्रह गरेकी छन् ।

पारिवारिक समिश्रणमा तयार भएको उक्त गीतको म्युजिक भिडियो चर्चित निर्देशक शिव विकको निर्दशन, रविन्द्र बरालको छायाङ्कन र रविन बिकको सम्पादन रहेको छ भने उषा विश्वकर्मा र शिक्षा रसाइलीको मुख्य अभिनय रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply