निर्मल पौडेल एन।पि। घायल म्याग्दी, २०७५ साउन १३ । म्याग्दीका युवा साहित्यकार शिव सस्मितको मुक्तक संग्रह विलोकन विमोचन भएको छ । धौलागिरी कला तथा साहित्य मञ्चले शनिवार वेनीमा आयोजना गरेको गरेको रचना वाचन तथा स्रष्टा भेटघाटको कार्यक्रममा विमोचन भएको हो ।
कार्यक्रममा साहित्यकार प्रेम छोटा, साहित्यकार महेशचन्द्र प्रधान, अजय मिलन श्रेष्ठ, धुव्रलाल शर्मा, मञ्चकी अध्यग्क्ष जयन्ती थापाले पुस्तक सार्वजनिक गरेका हुन् ।
विमोचन कार्यक्रमको उद्घाटन गदैं साहित्यकार प्रेम छोटाले पछिल्लो समय धौलागिरीमा मुक्तक फस्ट्याउँदै गएको वताए । मुक्तक एक स्वतन्त्र विधा भएकाले समाजमा हुने विकृति र विसंगती, समस्या लगाएत धेरै विषय बस्तुमा खुलेर लेख्न सकिने बताए ।
त्यस्तै साहित्यकार महेशचन्द्र प्रधान, अजयमिलन श्रेष्ठ, धुब्रलाल शर्माले साविकको धवलागिरी अञ्चलमा यूवापुस्ताको सक्रियताले साहित्यिक कार्यक्रमले तिब्रता पाएको बताए ।
कला साहित्य र संस्कृती नेपालको सम्पत्ती भएकाले यसलाई संरक्षण तथा रचनात्मक गतिविधिमा सरकारी निकायबाट समेत सहयोगको आवश्यकता रहेको साहित्यकारहरुले औँल्याए ।
कार्यक्रममा लेखक शर्माले यूवापुस्ताले परम्परागत सीपलाई ग्रहण गरी लेखनमा भिन्न ढङ्गले आफ्नो विचारलाई प्रस्तुत गर्नुपर्नेमा जोड दिए । ‘भाषा, साहित्य, कला नै हाम्रो पहिचान भएकोले युवा पुस्तालाई आर्कषित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा म्याग्दी, बागलुङ र पर्वतका साहित्यकारहरुले आफ्ना सिर्जना सुनाएका थिए ।
कृतिमाथि साहित्यकार रामप्रसाद सुवेदीले टिप्पणी गदैं लेखक शर्माको प्रस्तुती अनुकरणीय भएको बताए ।सुवेदीले मुक्तकमा शर्माले प्रस्तुत गरेका नौलो प्रयोगले पाठकको मनलाई विचलीत गराउने वताए । कार्यक्रमको समापन गर्दै धौलागिरी कला तथा साहित्य मञ्चकी अध्यक्ष जयन्ती थापा मगर सरगमले धौलागिरीको साहित्य र कलाको विकासमा संस्थाले निरन्तर कार्य गर्ने वताइन् ।
त्यस्तै उनले विलोकन संग्रह धौलागिरीको मुक्तकमा एक इट्टा थपिएको भन्दै लेखकको उज्वल भविष्यका कामना समेत प्रदान गरीन ।
मञ्चकी अध्यक्ष सरगम को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत गंगा बानियाँ र सञ्चालन संस्थाका सचिव मगर प्रेम ले गरेका थिए ।