Sorry, that menu does not exist.
 

प्रदेश सरकार सबैभन्दा नजिकको सरकार भएकाले जनताको पक्षमा काम गर्ने कुरामा आश्वस्त हुन प्रदेश मन्त्रीको आग्रह !

शेखर थापा, बरेङ २०७५ साउन १८ । गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले सक्रियताका साथ जनहितमा काम गर्ने बताएका छन् । प्राकृतिक बिपदको स्थलगत अनुगमनको क्रममा शुक्रबार बागलुङको बरेङ गाउँपालिका आईपुगेका मन्त्री बस्नेतले यस्तो बताएका हुन ।

मन्त्री बस्नेतले प्राकृतिक बिपदको यस दुखद घडीमा सरकार गम्भीर रहेको भन्दै प्रदेश सरकार सबैभन्दा नजिकको सरकार भएकाले पनि जनताको पक्षमा काम गर्नेमा आश्वास्त हुन आग्रह गरे । आफुहरु रहरले घुम्न नआएकाले प्राकृतिक प्रकोपले बिगारेका संरचनाहरुलाई जस्ताको तस्तै बनाईने मन्त्री बस्नेतको भनाई थियो । त्यस्तै मन्त्री बस्नेतले यस्ता बिपदका व्यवस्थापनमा सामुहिक प्रयास बाट लाग्नुपर्नेमा पनि सुझाए ।

कार्यक्रममा प्रदेश सांसद कृष्ण थापाले अब बिकासका कार्यहरुलाई तिब्रता दिई जनतालाई अब छिटै बिकासको प्रत्याभुती दिलाईने बताए । यसअघी जनताको घरआगनमै मन्त्रीहरु यसरि जनताका कुरा सुन्न आएको अनुभव आफुसङग नरहेको पनि सांसद थापाको भनाई थियो ।

कार्यक्रम बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, वडा नं. ३ का अध्यक्ष पुर्ण बहादुर खनालको स्वागत मन्तव्य तथा बरेङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply