कमल पौडेल, बागलुङ (खर्वाङ) २०७५ साउन १९ । निजीस्तरमा संचालित सिसाखानी मेडिकल हल बडीगाड गाउँपालिका वडा नं. २ हाँडिखोलाले विशेषज्ञ डाक्टर सहितको सेवा सुरु गरेको छ । आज मेडिकलले विरामीहरुको लागि नि:शुल्क सुगर परीक्षण गर्दै सो सेवाको सुरु गरेको हो ।
प्रत्येक महिना कम्तिमा एक विशेषज्ञ डाक्टरको सेवा दिने जनाएको मेडिकलमा शनिवार मेट्रोसिटी हस्पिटल पोखराका जनरल फिजिसियन डा. सचिन ढकाल, ल्याव टेक्नोलोजिष्ट सुमन वुढा लगाएतको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।
कार्यक्रममा सय जना भन्दा वढीको सुगर परिक्षण तथा अन्य परिक्षण गरिएको हेल्थ असिस्टेन्ट तथा डिफार्मासिस्ट विष्णु भुजेलले ईबागलुङलाई बताए । अव हरेक महिना विशेषज्ञ डाक्टर ल्याउने तथा जेष्ठ नागरिक तथा गर्भवती महिलालाई छुट सहित सेवा संचालन गर्ने मेडिकलले जनाएको छ ।
उद्घाटन कार्यक्रममा समाजसेवी सुनिल शेरचन, रत्न वहादुर क्षेत्री, डा. सचिन ढकाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा स्थानिय आमा समुहले डाक्टर सहितको समुहलाई स्वागत तथा सम्मान गरेको थियो।
स्मरणीय छ, बडीगाड गाउपालिका ग्वालिचौरको खार बजारमा निजीस्तरमा बडीगाड हस्पिटल सन्चालनमा रहेको छ ।