Sorry, that menu does not exist.
 

सडक मुन्तिर मानवबस्ती भएकाले टापुको पहिरो हटाउन समस्या, सयौँ सवारी साधन र यात्रुहरु बिहुँमा अलपत्र !

भरत प्रसाद सापकोटा, बागलुङ बिहुँ २०७५ साउन २० । हिँजो देखी परेको अबिरल वर्षाका कारण काठेखोला गाउपालिका ६ बिहुँको टापुमा गए राति ३ बजे गएको पहिरो हटाउने कार्य सकिएको छैन । अहिले बागलुङ सदरमुकाम देखी पश्चिम र पश्चिम देखी सदरमुकामका लागि छुटेका झण्डै एक सय सवारी साधनहरु टापुमा रोकिएका छन् ।

आजै विहान काठेखोला गाउपालिका १ साविक पाला गाविसमा गएको पहिरो भने केहि समय पहिले हटाईएपछी सवारी साधनहरु टापुमा पुगेर रोकिएका छन् ।
टापुको पहिरोमा ठुला ठुला चट्टानहरु खसेका र डोजरले सडकबाट सिँधै हटाउदा तलतिर रहेको मानव बस्तीलाई खतरा हुने भएकोले पहिरो सफागर्न समस्या परेको उद्धारकार्यमा खटिएका प्रहरीहरुले जनाएका छन् ।

यतिबेला बिहुँको टापुमा सयौँ सवारी साधनहरु र यात्रुहरु अलपत्र परेका छन् । कति समय सम्ममा पहिरो पन्छाई सकिएला भन्ने अहिलेनै भन्न नसकिने स्थानीयले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply