Sorry, that menu does not exist.
 

आव ०७४।०७५ मा ७ हजार ८ सय २४ सवारी साधन कारबाहीमा : रु ५१ लाख ४२ हजार राजश्व संकलन !

ध्वनि प्रदुुषण नियन्त्रण र ठुला मालबाहक सवारी साधन बजार प्रवेश नियन्त्रणमा ट्राफिकको चासो खोई ?

कोपला कंडेल, बागलुङ २०७५ साउन २२ । आजै मात्र जिल्ला ट्राफिक कार्यालय बागलुङले सार्वजनिक गरेको विवरण अनुसार ट्राफिक नियम विपरीत सवारी चलाउनेहरुबाट गत आव २०७४।२०७५ मा ७ हजार ८ सय २४ सवारी साधन कार्बाही परेका छन् भने रु ५१ लाख ४२ हजार बढी राजश्ज संंकलन गरिएको छ ।
यसले बागलु«ङमा ट्राफिक नियमको पालना नगर्ने प्रवृत्ती बढ्दै गएको पुष्टि गरेको छ । या त सवारी चालकहरु जरिवाना तिरे उम्की हालिन्छ भन्ने मानसिकताले लापर्बाहीपूर्वक सवारी चलाइरहेका छन या आवश्यक सवारी चालकको ईजाजत पत्र र राम्ररी चलाउन नजान्दा नजान्दै पनि सवारी चलाई रहेका छन भन्ने देखिन्छ । जरीवानाबाट राजश्व संकलन बृद्धि भन्दापनि नियम विपरीत लापर्वाहीका साथ सवारी चलाउनेहरुका कृयाकलाप नियन्त्रणमा ल्याउन जरिवाना मात्रले नपुग्ने आजको तथ्यले देखाएको छ । जथाभावी सवारी नियमको उल्लंघन गरेर सवारी चलाउनेहरुबाट हुन सक्ने दुर्घटना न्यून गर्न पनि यसमा कडाई गर्नु आवश्यक देखिन्छ ।

गत बर्षको तुलनामा यो बर्ष राजस्व संकलनमा बृद्धि भएको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । नियम बिपरित संचालन गरिएका सवारी कारबाहीबाट यो आर्थिक बर्षमा ५१ लाख ४२ हजार बढि राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख छब बहादुर घर्तीले ईबागलुङmाई जानकारी दिए । त्यसैगरी आर्थिक बर्ष २०७३।७४ मा ५१ लाख १० हजार ५ सय संकलन भएको ट्राफिक प्रमुख घर्तिले बताए । जसअन्र्तगत साउन महिनामा ६३ वटा ट्रक कारबाही बाट ३६ हजार ५ सय, ४० वटा बस कारबाही बाट २४ हजार ५ सय, कार र जीप १ सय ७९ कारबाही बाट १ लाख ९५ हजार, मोटर साईकल स्कुटर १ सय १७ कारबाही बाट८१ हजार ट्याक्टर १ सय १९ बाट ७२ हजार ५ सय अन्य १ बाट १ हजार गरी जम्मा ३ लाख २५ हजार रुपया संकलन भएको थियो । त्यसैगरी भाद्र महिनामा ४९ ट्रक बाट २९ हजार ५ सय, बस ३१ कारबाही बाट २० हजार ५ सय, कार जीप १ सय ७९ बाट १ लाख २ हजार, मोटरसाईकल स्कुटर १ सय ५६ बाट १ लाख १० हजार ट्याक्टर १ सय १६ कारबाही बाट ६४ हजार ५ सय अन्य ३ गरी जम्मा ५ सय ३४ सवारी कारबाही बाट ३ लाख ३९ हजार रुपयां राजस्व संकलन भएको ट्राफिक प्रमुख घर्तिले जानकारी दिनुभयो । त्यसैगरी असोज महिनामा ट्रक३९कारबाही बाट २७ हजार बस १ सय ६४ बाट १ लाख ३ हजार कारजीप ३ सय ८२ बाट राजस्व २ लाख ६१ हजार मोटरसाईकल २ सय ५६ बाट १ लाख ७८ हजार ५ सय,९१ ट्याक्टर बाट ६० हजार अन्य ४ बाट २५०० गरी १ सय ३६ वटा सवारी कारबाही बाट ६ लाख ३२ हजार राजस्व संकलन भएको थियो । कार्तिकमा ट्रक ४५ कारबाही बाट २७ हजार,बस ७० बाट ३९ हजार ५ सय कार जीप ४ सय २४ बाट २ लाख ६८ हजार मोटरसाईकल २सय ५२ कारबाही बाट १ लाख ८७ हजार १सय, १८ ट्याक्टर ७५ हजार अन्य २ बाट २५ सय गरी जम्मा ९ सय ११ सवारी कारबाही बाट ५ लाख ९९ हजार, त्यसैगरी मंसिर महिनामा २८ वटा ट्रक कारबाही बाट १६ हजार ५ सय,९ वटा बस कारबाही बाट ३० हजार कारजीप २ सय ३ बाट १ लाख८५ हजार मोटरसाईकल स्कुटर १ सय ३८ बाट ८९ हजार ट्याक्टर ६८ कारबाही बाट ४२ हजार र अन्य १ हजार गरी जम्मा ४ सय ८७ सवारी साधन कारबाही बाट २ लाख ९७ हजार रुपया राजस्व संकलन गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।त्यसैगरी पौष महिनामा ट्रक ३७ कारबाही बाट २१ हजार ५ सय बस ५४ बाट ३४ हजार कारजीप १ सय, ८९ कारजिप बाट १ लाख ९० हजार मोटरसाईकल १ सय ४५ बाट ९७ हजार, ६८ ट्याक्टर बाट ३९ हजार अन्य १ बाट ५ सय गरी ४ सय ९४ सवारी कारबाही बाट ३ लाख १ हजार राजस्व संकलन भएको थियो । माघ महिनामा ट्रक २८ बाट १९ हजार बस ६१ बाट४३ हजार ५ सय कारजीप २ सय ४९ बाट १ लाख ६९ हजार पाच सय, मोटरसाईकल १ सय ८३ बाट १ लाख ३६ हजार ५ सय ट्याक्टर ७१ बाट ४२ हजार, अन्य २ हजार गरी ५ सय ९५ सवारी कारबाही बाट ४ लाख १२ हजार ५ सय राजस्व संकलन भएको हो । त्यस्तै फाल्गुन महिनामा ट्रक २८ कारबाही बाट ४४ हजार ५ सय, बस ४१ बाट २७ हजार, कारजीप २ सय ८४ बाट १ लाख ८८ हजार मोटर साईकल १ सय ८५ बाट १ लाख ४० हजार ५ सय ट्याक्टर १ सय १२ बाट७२ हजार ५ सय गरी ६ सय ९० सवारी कारबाही बाट ४ लाख ७२ हजार ५ सय त्यस्तै चैत्र महिनामा ६७ ट्रक ४० हजार पाच सय बस ४९ बाट ३३ हजार ५ सय कार,जीप ३ सय ७० बाट२ लाख ४९ हजार मोटरसाईकल १ सय ९३ बाट १ लाख ४४ हजार ५ सय ट्याक्टर ८३ कारबाही बाट ४ लाख ९ हजार अन्य १ हजार गरी ७ सय ६३ सवारी साधन कारबाही बाट ५ लाख १७ हजार ५ सय राजस्व संकलन भएको थियो । बैशाख महिनामा ट्रक ४६ बाट २७ हजार ५ सय बस ३२ बाट १८ हजार पाच सय, कारजीप ३ सय १३ बाट १ लाख ९६ हजार मोटरसाईकल स्कुटर १ सय ३७ बाट १ लाख ३ हजार ट्याक्टर ५८ बाट३६ हजार र अन्य १ बाट ५ सय गरी ५ सय ८७ कारबाही बाट ३ लाख ८१ हजार ५ सय जेष्ठ महिनामा ट्रक ६८ कारबाही बाट ४५ हजार ५ सय बस २८ बाट १७ हजार कार जीप २ सय ७३ बाट १९ हजार ६ सय मोटरसाईकल स्कुटर १ सय ३७ बाट १ लाख ३ हजार ट्याक्टर ८८ बाट ५३ हजार ५ सय गरी ६ सय ७७ बाट ४ लाख ४३ हजार र अषाढ महिनामा ट्रक ७७ वटा ट्रक बाट ४५ हजार बस २२ बाट १४ हजार ५ सय कारजीप २ सय ४४ बाट १ लाख ५२ हजार ५ सय मोटरसाईकल १ सय ७९ बाट १ लाख ३८ हजार ५ सय ट्याक्टर १ सय ६ बाट६९ हजार र अन्य ३ बाट २५ सय गरी ६ सय ३१ सवारी कारबाही बाट ४ लाख २२ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख छब बहादुर घर्तिले जानकारी दिनुभयो । उहांका अनुसार बर्षभरीमा ६ सय १५ वटा ट्रक ६ सय ४१ बस ३ हजार २ सय ८९ कारजीप मोटरसाईकल स्कुटर २१ सय ६१ ट्याक्टर १ हजार ९८ र अन्य २० गरी जम्मा ७ हजार ८ सय २४ सवारी कारबाहीमा परेका थिए । बढ्दो सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक नियमलाई अझै कडाईका साथ लागु गर्ने प्रमुख घर्तीले जानकारी दिए ।

बागलुङ बजारमा सवारी साधनहरुको ध्वनि प्रदुषण रोक्ने कार्यमा ट्राफिक कार्यालयले ध्यान दिन जरुरी रहेको छ । व्यापक जनघनत्व भएको बागलुङ बजारमा बिहान देखी राति सम्म कानको जाली नै फुट्ने गरी ठुलो स्वरमा हर्न बजाउन छुट छ, जस्ले बालबच्चा, बिरामी तथा बृद्धबृद्धाहरु बढी प्रभावित बनेका छन् । यति मात्रपनि होईन चाबीसै घण्टा ठुला ठुला ट्रकहरु मध्य बजारमा सडककै अबरुद्ध गराएर सामान अनलोड गर्ने लापर्बाही पनि रोक्न ट्राफिक प्रहरी एवं सरोकारवाल निकायले चासो दिनुपर्ने आवश्यकता छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply