Sorry, that menu does not exist.
 

एसईई पूरक परीक्षा : अंग्रेजी विषयको परीक्षामा ७१५ परीक्षार्थी मध्य ५१७ सम्मिलित !

बागलुङ २०७५ साउन २३ । आज देखी सुरु भएको एसईई पूरक परीक्षामा बागलुङ जिल्लाका बिद्यामन्दिर माध्यमिक विद्यालय, बागलुङ बजार, शान्ति माबि कुस्मीसेरा, गल्कोट माबि हटिया र उत्तरगंगा माबि बुर्तिवाङ केन्द्रहरुमा अंग्रेजी विषयको नियमित तर्फ पूरक परीक्षाको लागि आवेदन दिएका कुल ७१५ परीक्षार्थी मध्य जम्मा ५७२ जना परीक्षार्थी अंग्रेजी विषयको पूरक परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयले जनाएको छ ।

ईकाईका अधिकृत बिदुर शर्माले दिएका जानकारी अनुसार बिद्यामन्दिर माबि परीक्षा केन्द्रमा प्राविधिक तर्फको अंग्रेजी विषयमा आवेदन दिएका दुबै जना परीक्षार्थी अनुपस्थित रहे भने एक्जाम्टेड तर्फ १२ जना आवेदक मध्य ११ जनाले परीक्षा दिएका छन् ।

नियमित तर्फ अंग्रेजी विषयको पूरक परीक्षमा सहभागी हुन आवेदन दिने १७३ जना परीक्षार्थी मध्य १५० जनाले परीक्षा दिएको अधिकृत शर्माले ईबागलुङलाई बताए । यस केन्द्रमा २३ जना परीक्षार्थी अनुपस्थित रहे ।

अधिकृत शर्माका अनुसार शान्ति मावि कुस्मीसेरा केन्द्रबाट अंग्रेजी विषयको पूरक परीक्षाको लागि आवेदन दिएका ८८ जना परीक्षार्थी मध्य ७३ जनाले परीक्षा दिए भने १५ जना अनुपस्थित रहे ।

यसैगरी उत्तरगंगा माबि बुर्तिवाङ परीक्षा केन्द्रमा ३०१ जना परीक्षार्थी मध्य जम्मा २४७ जना परीक्षामा सहभागी भए भने ५४ जनाले परीक्षा दिएनन् । उता गल्कोट माबिमा परीक्षाका लागि आवेदन दिने १५३ जना परीक्षार्थीहरु मध्य ५१ जनाले परीक्षा दिएनन् । आजको विषयमा १०२ जनाले परीक्षा दिए ।

गल्कोटबाट सहकर्मी गुमानसिँह भण्डारीले दिएको जानकारी अनुसार गल्कोट माद्यमिक बिद्यालय परीक्षा केन्दैमा गल्कोट नगरपालिका, बडीगाड, ताराखोला र बरेङ गाउपालिका भित्रका ३५ बिद्यालयका बिद्यार्थीहरुले परिक्षा दिएका छन । जम्मा १५३ जना परीक्षार्थी मध्ये आज पुरुष ५५ र महिला ४७ जनाले अनिर्वाय अग्रेजि बिषयको परिक्षा दिएका छन । पहिलो दिन ५१ ज्ना बिद्यार्थी अनुपस्थित भएको केन्द्राध्यक्ष देबेन्द्र खत्रीले बताए । गल्कोट माद्यामिक बिद्यालय केन्द्रबाट कुल १ हजार १ सय ७५ जनाले परिक्षा दिने खत्रीको भनाई छ ।

पूरक परीक्षा विहान ८ बजे सुरु भएर विहान १०.१५ बजे सम्म सन्चालन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply