Sorry, that menu does not exist.
 

बिहान रामरेखामा पसेको चितुवाको बच्चा (डमरु)लाई साँझ चितुवा आएर लगेर गयो !

बागलुङ २०७५ साउन २३ । मंगलबार बिहान बागलुङ नगरपालिका -१ रामरेखामा चितुवाको बच्चा (डमरु) देखिएपछी साँझ सम्म स्थानीयहरु यसैको चियोचर्चामै व्यस्त रहे । सानो चितुवा देखेर हारगुहार गरिरहेका स्थानीयहरु मध्य रामरेखा बस्दै आएका नन्दु महतो र महेन्द्र आचार्य (म्याग्दी) लाई डमरुले झम्टिन पुगेको प्रत्यक्षदर्शीले बताए ।

रामरेखा स्थित चिल्ड्रेन लाईफ र एभरेष्ट बोर्डिङ स्कूलको बीचको मकै बारीमा चितुवाको बच्चा देखेपछी स्थानीयको हाहाहुहु पछी लुकीछिपी बसेको चितुवाको बच्चालाई झमक्क साँझ परेपछी माउ चितुवा आएर लगेर गएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘माउ चितुवाको पछीपछी लागेर बच्चा गयो, स्थानीयले भने ‘आहारकै खोजीमा चितुवाको बच्चा गाउँ चाहार्न आएको हुनसक्छ ।’

गत २०७४ साल कात्तिक २ गतेको बिहान, हिँजो मंगलबार बिहान सानो चितुवा देखिएको केहि मिटर तल रहेको एक बिद्यालयमा माउ चितुवा पसेर स्थानीयमा .राम्रै आतंक मच्चिएका थियो । स्थानीयबासी, प्रहरीहरुको सतर्कता बीच आत्तिएको चितुवा त्यस विद्यालय भवनबाट बाहिर निस्केर अन्य व्यक्तिहरुको घर भित्र छिर्दैै निस्किदै गरेर गएको थियो ।

बानपा- १ रामरेखाको लाम्पाटा रानीवन देखी गणेश स्थान हुँदै कालिका भगवती मन्दिर पाखा पहरामा वर्षौँ देखी चितुवाको बास रहदै आएको बुढापाकाहरु बताउदै आएका छन् । चितुवा आहाराकै खोजीमा गाउँ पस्ने गरेको स्थानीयको भनाई रहेको छ । रामरेखाको डिल नजिकै आवासीय बिद्यालयहरु सन्चालनमा रहेका छन् । रामरेखामा मानवबस्ती घना हुँदै गएको छ । एक वर्ष नवित्दैका यी दुई घटनाले चितुवाको सम्भावित आक्रमण (खतरा)बाट बच्न आवासीय बिद्यालय एवं स्थानीयहरुले उच्च सतर्कता अपनाउनु पर्ने अवस्था सिर्जना गराएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply