पूर्ण भद्र निउरे, बागलुङ ताराखोला २०७५ साउन २६ । ताराखोला गाउँपालिकामा जनप्रतिनिधि कर्मचारी र शिक्षकहरुको अगुवाइमा आज मोटरबाटो मर्मत गरिएको छ ।
सहिद मार्ग अन्तरगत ताराखोला गाउँपालिकाको कार्यालय रहेको स्थल अर्गल भातखाने डाडा देखि वडा न २ अर्गल को पुवाधुने खोला सम्मको करिब ३ किलो मिटर र सोही स्थान देखि कमेरेप डाडा सम्म को करिब १ किलोमीटर मोटर बाटोको विभिन्न खण्डमा सोलिङ गर्ने, नाली कटाउने र खाल्डा खुल्डी पुर्ने काम गरि मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।
दैनिक ५ देखि १० वटा सम्म यात्रु बाहक तथा माल बाहक सवारीसाधन आवतजावत गर्ने मोटरबाटोको उक्त खण्डको बाटो सारै नै बिग्रेकाले यातायातमा सहजता ल्याउन मोटर बाटो मर्मत गरिएको अध्यक्ष घर्तीको भनाइ छ ।
गाउँपालिकाले आ ब २०७५/७६ को नीति तथा कार्यक्रममा नै महिना को १ दिन बिकास कार्यमा जनप्रतिनिधि र कर्मचारीको अगुवाइमा जनसहभागिता जुटाउने कुरा उल्लेख गरेको थियो ।
प्रतिकुल मौसमका बाबजुदपनि मोटर बाटो मर्मत कार्यमा ताराखोला गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी , शिक्षक तथा स्थानीयबासी गरि करिब १ सय जनाको सहभागीता रहेको वडा न २ का वडा अध्यक्ष भद्र बहादुर घर्तीले जानकारी दिए ।
आर्थिक बर्ष सुरुवात को पहिलो महिनाको पहिलो कार्यक्रम भएकोले एकै ठाउँमा केन्द्रित भएर मर्मत कार्य गरिएको र आगामी दिनहरूमा हरेक महिनाको एक दिन प्रत्येक वडामा वडा अध्यक्षको नेतृत्वमा जनश्रम आबश्यक पर्ने जुनसुकै बिकासका काममा जनसहभागिता जुटाउने गरि योजना बनाएर अगाडि बढने ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले ईबागलुङ लाई जानकारी दिए ।