Sorry, that menu does not exist.
 

प्रवास : युएईको देराह दुबईमा २४ औं विश्व आदिबासी जनजाति दिवस भव्यताका साथ सम्पन्न !

अनिस तामाङ , युएई २०७५ साउन २७ । नेपाल आदिबासी जनजाति महासंघ युएई र महासंघ मातहतका ११ ओटा जातीय संघ संस्थाहरुको संयुक्त आयोजनामा २४ औं विश्व आदिबासी जनजाति दिवस युएईको देराह दुबई स्थित कार्ल्टन टावरमा भव्यताका साथ मनाएको छ ।

‘पहिचान, प्रतिनिधित्व र स्वायत्तताका लागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मुल नाराको साथ दिवसलाई भव्यताका साथ मनाएको हो ।

नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता युएईका लागि नेपाली राजदूत सागरप्रसाद फुयालले गरेका थिए । त्यसैगरी एनआरएनए युएईको अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाज युएईको अध्यक्ष सिपि सापकोटा, नेपाल आदिबासी जनजाति महासंघ युएईको पुर्व अध्यक्ष डेरराज तमु, तामाङ सेवा समाज युएईको अध्यक्ष महेश मोक्तान, आसा फाउन्डेन नेपालका सञ्चालिका आसा लामा लगायतले कार्यक्रममा आतिथ्यता ग्रहण गरेका थिए ।

सामुहिक दिप प्रज्वलनसँगै राष्ट्रिय गानको साथमा उद्घाटन भएको उक्त कार्यक्रममा विभिन्न जातीय संघसंस्थाहरुले आ–आफ्नो जातिय भेषभुषा, झाँकी नृत्य, साँस्कृतिक नृत्य सहित आफ्नो समुदायको पहिचान झल्किने गरि विभिन्न कलाहरु देखाएको थियो ।

कार्यक्रमको अवसरमा विभिन्न जातिय संस्थामा रहेर समुदायलाई महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरेको थियो भने विशेष सम्मान नेफिन युएईका डिजाइनर प्रदिप कुमाल, फोनिज युएईका अध्यक्ष अनिस तामाङ, नेफिन बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ गरेको थियो भने युएइमा रहेर लामो समय देखि आदिवासी आन्दोलनमा सक्रिय रहेका नेपाल आदिवासी जनजाति महासंघ युएइका निवर्तवान अध्यक्ष एबम संरक्षक डि आर गुरुङलाई ताम्रापत्र सहित गरिएको थियो ।

कार्यक्रमको अवसरमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को युएई शाखा समेत गठन भएको छ । अनिस तामाङको अध्यक्षतामा ९ जना कार्यसमितिमा रहने गरि फोनिज युएई र नेपाल आदिवासी जनजाति कलाकार संघ युएई भुवन थापा मगरको अध्यक्षतामा ११ सदस्यीय रहेको कार्यसमितिको घोषणासंगै निर्बाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

6 Attachments

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply