छविलाल पाण्डे तमानखोला(बागलुङ) २०७५ साउन २७ । तमानखोला गाँउपालिका कार्यपालिकाको बैठकले गाँउपालिकामा मदिरा जन्य घटनालाई न्यूनिकरण गर्न दिउसै मदिार सेवन गरी होहल्ला गर्नेहरुलाई रु ५ हजार जरिवाना असुल गर्ने निर्णय गरेकेो छ ।
गाँउघरमा दिउँसै मदिरा सेवन गरी होहल्ला गर्ने, नकारात्म गतिविधिमा सरिक हुने जस्ता कार्य भएको भन्दै निर्णय अनुसार व्यवसायिले १८ बर्ष मुनिका बालबालिकालाई मदिरा, तथा सुर्ती जन्य पदार्थ बेचविखन गर्न नपाउने, साँझ ६ देखि रातको ९ बजेसम्म मात्र मदिरा बेचविखन गर्न पाउने निर्णय गरेको छ । तोकिएको समयाबधि भन्दा बाहेक अन्य समयमा मदिरा बेच्ने तथा सेवन गरेर होहल्ला गर्ने गरेको पाईएमा गााउपालिकाले तय गरेको निति बमोजिम कार्वाही प्रकृया अगाडि बडाउने निर्णय पारित भएका गाँउपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
आफहुरुले तय गरेको निर्णयलाई कार्याान्वयन नगरको पाईएमा जनप्रतिनीधि, शिक्षक, कर्मचारी, प्रहरीका लागि पहिलो पटक रु ५ हजार तथा सर्वसाधारण जनताले समेत उतm निर्णय बिपरीत ग।ेमा प्रति पटक रु ३ हजार रुपैयाका दरले जरिवाना अशुल्ने निर्णय गरेको छ ।
उतm कार्यका लागि गाँउपालिकाको रसिदमा रकम असुल गर्ने गरी नेपाल प्रहरीलाई जिम्मा दिईएको र सँकलित रकम मध्ये ४० प्रतिशत प्रहरीलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउने बाँकि ६० प्रतिशत रकम गाँउपालिका कार्यालयमा जम्मा गरीने बताईएको छ । जुवा, तास, लँुडो, खुत्रुके जस्ता खेलहरुसमेत खेलाएको पाईएमा सोहि वमोजिम कार्वाही प्रकृया अगाडि बढाईने निर्णय पारित गरीएको गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले ईबागलुङलाई बताए ।