Sorry, that menu does not exist.
 

मानवसेवा आश्रमको प्रतिवेदन सार्वजनिक : प्रजिअ खरेलव्दारा आश्रमले मानवसेवामा पुराएको योगदानको सराहना !

बागलुङ २०७५ साउन २९ । मानव सेवा आश्रम बागलुङ शाखाले आज विहान एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७४।२०७५ को प्रगत प्रतिवेदन सार्वजनि गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक दीपक रेग्मी,मानवसेवा आश्रम केन्द्रिय अध्यक्ष राम्जीप्रसाद अधिकारी, मानवसेवा आश्रम बागलुङका अध्यक्ष मनिष रायमाझी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, बागलुङ नगरपालिका ३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटा, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतको समुपस्थितिमा मानव सेवा आश्रम केन्द्रिय कार्यालयका कोषाध्यक्ष ले गत आबको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी प्रजिअ खरेलले मानवसेवा आश्रम बागलुङ शाखाबाट मानव कल्याणका क्षेत्रमा गरिएको सेवाको उच्च मुल्याकन गर्दै आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रजिअ खरेलले मानवसेवा आश्रमका अहोरात्र खटिएर सेवा गर्ने अभियन्ताहरुलाई हार्दिक धन्यवाद दिँदै भविष्यमा पनि मानवसेवामा समर्पित रहेर सेवागर्ने प्रेरणा मिलोस भन्ने शुभेक्षा व्यक्त गरेका थिए ।

प्रजिअ खरेलले आश्रमका अध्यक्ष मनिष रायमाझी एवं जिल्ला संयोजकको भूमिकामा रहेकी अभियन्ता सुमिरा लामाको सेवा निकै प्रशंसनीय भएका बताए ।

्कार्यक्रममा प्रहरी उपरीक्षक दीपक रेग्मी, बागलुङ नगरपालिका ३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटा, बागलुङ उबासंघका अध्यक्ष जयराम भारी, आश्रमका अध्यक्ष मनिष रायमाझी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

जिल्ला प्रशासन कार्यालय बागलुङले सामाजिक अभियन्ताहरुलाई खादाले सम्मान गर्ने संस्कार अनुसार प्रजिअ खरेलले मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष राम्जीप्रसाद अधिकारी, आश्रमको जिल्ला संयोजकको भूमिकामा रहेकी समिरा लामा लगायत मानव सेवा आश्रमका अभियन्ताहरुलाई खादा ओढाई सम्मान व्यक्त गरेका थिए ।

बागलुङमा मनिष रायमाझी, ओमबहादुर खड्का, खेमराज पौडेल, सन्जय श्रेष्ठ, हरिबहादुर रुचाल, कुशल खड्का एवं सुनिता श्रेष्ठको अभिभावकत्वमा २०७३ चैत २१ गते देखी मानव सेवा आाश्रम सन्चालनमा आएको हो । स्थापनाको छोटो समयमै आश्रमले मानव सेवाको क्षेत्रमा गरेको उल्लेखनीय कार्यको सर्वत्र प्रशंसा गरिएको छ भने आश्रमकी अभियन्ता सुमिरा लामाको अथक परिश्रमको चारैतिर सह्राहना गरिएको छ ।

तस्वीर सौजन्य- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply