Sorry, that menu does not exist.
 

मल्ममा १ दिने कृषि सम्बन्धि तालिम सम्पन्न

थम्मन थापा सन्देश गल्कोट २०७५ साउन २९ । कृषि तथा पशु विकास समिति गल्कोट नगरपालिका ७ मल्म बागलुङको आयोजनामा १ दिने कृषि सम्बन्धि तालिम आज सम्पन्न भएको छ । तालिम उदघाटन पछि बोल्दै गल्कोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले परम्परागत कृषिले कृषकको जीवनस्तर माथि नउठने भएकोले समय सापेक्ष आधुनिक कृषि प्रणालीलाई अबलम्बन गर्नु पर्ने बताए । मानव स्वास्थ्यको लागि विषादी कम प्रयोग गरि प्राङगारिक मल प्रयोग गर्न थापाले सुझाव दिए ।

कार्यक्रममा कृषि समितिका सदस्य थुम कुमारी थापाले मन्तव्य राखेकी थिईन् । गल्कोट नगरपालिका वडा नं ७ मल्मका विभिन्न कृषि समुहका ४९ जना कृषकहरुको सहभागिता रहेको तालिमको नगरपालिका कृषि शाखा प्रमुख डि एन दाहालले सहजीकरण गरेक ाथिए।

तालिममा टमाटर खेती, नर्सरी व्यवस्थापन, रोग किरा व्यवस्थापन लगायतको विषयमा सहजिकरण गरिएको थियो । तालिम स्थानिय राम बहादुर थापाको नर्सरी, छुम बहादुर थापा र टिका बहादुर थापाको टमाटर टनेलको स्थलगत अवलोकन गरिएको थियो । सो अवसरमा नर्सरी र प्लाष्टिक टनेलमा प्रयोगात्मक कक्षा समेत सञ्चालन गरिएको थियो ।

तालिम कृषि तथा पशु विकास समिति मल्मका अध्यक्ष पिताम्बर गौतमको अध्यक्षता र घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply