Sorry, that menu does not exist.
 

प्रजिअ खरेल र प्रहरी उपरीक्षक रेग्मी क्षतीको जायजा लिन बुर्तिवाङ प्रस्थान !

बागलुङ २०७५ साउन ३० । बागलुङ जिल्लाको सुदूर पश्चिम क्षेत्रमा हिँजो राति देखी परेको अबिरल वर्षाबाट भएको क्षेतीको जायजा लिनको लागि प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल तथा प्रहरी उपरीक्षक दीपक रेग्मी त्यस तर्फ प्रस्थान गरेका छन् ।

मध्य पहाडी लोकमार्ग ठाउँ ठाउँमा पहिरोले छियाछिया बनाएको छ । सवारी साधनहरु आवत जावत गर्न समस्या छ । यस्तो अवस्थामा कसरी बाढी पहिरोले क्षती पुगेको स्थानमा पुग्न सक्नु हुन्छ ? भन्ने हाम्रो प्रश्नमा प्रजिअ खरेलको जवाफ थियो, नेपाली सेनाको टोली मूभ भैसकेको छ, प्रहरी टोली पनि खटिएको छ, अवरुद्ध सडक खुलाउदै पश्चिम क्षेत्रमा परेको बिपद र उनिहरुलाई राहत प्रदान गर्न हामी जसरी पनि पुग्छौँ ।’

वर्षा कै कारण निसीखोला गाउपालिका २ तल्लो बाँग्रेमा नरबहादुर घर्तीको दुईतल्ले घर भत्काएको छ भने काँल्ने चौर यमबहादुर कुँवरको दुईतला भएको घर भत्काएको छ । अबिरल वर्षाकै कारण भूजी खोलामा आएको बाढीले भूजीखोला लघु जलविद्युत आयोजनाको कुलो मुहान देखी ७ किलो मिटर तलसम्म बगाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply