Sorry, that menu does not exist.
 

कालीगण्डकीमा १५ वर्ष यताकै भीषण बाढी, काली किनारका बस्तीहरु उच्च जोखिममा !

बागलुङ २०७५ साउन ३१ । कालीगण्डकी नदीमा १५ वर्ष यताकै भीषण बाढी आएको छ । काली गण्डकी नदीमा पानीको सतह निकै उच्च रहेकोले किनारामा रहेका बस्तीहरु उच्च जोखिममा रहेको प्रजिअ बेदप्रसाद खरेलले जानकारी दिएका छन् ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन सन्चालन केन्द्र (National Emergency Operation Center)ले प्रबाह गरेको सतर्कतालाई मध्यनजर गरी अहिले प्रजिअ खरेल र जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी उपरीक्षक दीपक रेग्मी काली गण्डकी किनारका बस्तीहरु, नदी किनारमा दाउरा छोप्न, गिट्टी बालुवा झिक्न वा अन्य कामका लागि गएका व्यक्तिहरुलाई भेट गर्दै सतर्क बनाईएको र नदी किनारमा रहेका घर बस्तीहरुलाई जोखिमप्रति सजग हुन र यसको लागि प्रहरी चौकीहरुलाई सतर्क रहन निर्देशन दिईएको प्रजिअ खरेलले बताए ।

गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन सन्चालन केन्द्रको रिपोर्ट अनुसार पर्वत जिल्लाको मोदीवेणी डुवानको उच्च खतरामा रहेको देखाएको छ भने गुल्मी र स्याँजाका काली किनारका बस्तीहरु डुवानमा पर्नसक्ने खतरालाई संकेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले सम्भावित दुर्घटनाबाट बच्न सबैलाई आग्रह गरेको छ ।

तस्वीर- सदानन्द गिरी/अर्जुन ढकाल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply