युएई, २०७५ साउन ३१ । आगामी अगस्ट १७ शुक्रबार अलकुजको डलस्कोहलमा झापाली समाज युएईको आयोजनामा हुन गइरहेको तीज विशेष साङ्गीतिक कार्यक्रमका मुख्य आकर्षक हास्यकलाकार राजा राजेन्द्र, गायक तारा प्रकाश लिम्बू र गायिका जुनु प्रसाईं युएई आइसकेका छन् । नेपाल एयरलाइन्सको नियमित फ्लाईटमा अगस्ट १६ को बिहान २ बजे दुबई एयरपोर्टमा तीनैजना अतिथि कलाकारहरु अवतरण गरेका हुन् । अतिथि कलाकारहरुलाई स्वागत गर्न झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईंको नेतृत्वमा समाजका सांस्कृतिक विभाग प्रमुख तथा तीज विशेष कार्यक्रमका संयोजक पारस लामा लगायत समाजका अन्य पदाधिकारी र शुभेच्छुकहरु दुबई एयरपोर्ट पुगेका थिए ।
झापाली समाजनेपालको ज़िल्ला झापाबाट बैदेशिक रोज़गारिको लागि युएई आएका झापालीहरू संगठित भई सन् २०१५ मा स्थापना गरिएको झापाली समाज युएईले गत वर्ष झै यसपाली पाली दुबईको अल्कुज ड़लस्को हलमा तीज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना ग़रेको छ ।
कार्यक्रममा चर्चित हाँस्यकलाकार राजा राजेन्द्र पोखरेल, युगल गायक तारा प्रकाश लिम्बू र नवगायिका ज़ूनु प्रसाईको साथमा युएईका नेपाली कलाकारहरू सानू स्मिथ, पारस लामा, टिका कट्टेल आदिलाई स्टेजमा उतार्ने योजना अनुसार सबै प्रक्रिया पूरा भएको कार्यक्रम आयोजक समितिका संयोजक पारस लामाले जानकारी दिए ।
“झापाली समाजको नयाँ सोच असाहय बालबालिकाको लागि दश लाखको अक्षय कोष” भन्ने नाराको साथमा कार्यक्रमको तयारी व्यस्थित तरिकाले भईरहेको समाजका प्रचारप्रसार विभाग प्रमुख रामप्रसाद ढुङगेलले जानकारी दिएका छन् ।
असहाय अनाथ बालबालिकाको शिक्षाको लागि दश लाखको अक्षय कोष स्थापना ग़र्ने लक्ष्य लिएर यो कार्यक्रम गर्न लागिएको हो । अक्षयकोष स्थापनाकै लागि समाजले यो भन्दा अगाडी विभिन्न कार्यक्रम गर्दै आएको छ र अहिले सम्म कोषमा ४ लाख ५२ हज़ार ७ सय २४ रुपैयाँ जम्मा भएको समाजका कोषाध्यक्ष भरत बूढ़ाथोकीले जानकारी दिएका छन् ।
कार्यक्रमलाई भब्य, सभ्य र ऐतिहासिक बनाउन कुनै कसर बाँकि नराख़्न र युएईको ७ ओटै इमिरेट्सका नेपालीहरूलाई कार्यक्रममा सहभागी गराउन सबै क्षेत्रिय समितिहरूलाई सर्कुलर जारी गरिएको समाजका अध्यक्ष अशोक चाँपागाईले बताए । हामी कार्यक्रमलाई भब्य बनाउन चाहन्छौ” उनले थपे, “त्यसको लागी सबैको साथ सहयोगको अपेक्षा राखेको छौ ।”
३ सय २३ जना आजिवन सदस्य रहेको समाजले युएईमा समस्यामा परेका नेपालीहरूलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ भने नेपालमा पनि विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिदै आएको छ ।
सात समुन्द्र पारी भएपनी नेपाली दाज़ुभाई दिदीहरूसंग चाडबाड मनाउन तथा भेटघाट को मौका साथै परदेशको दुःख भुल्न यस्तै कार्यक्रम हरूले सहयोग ग़र्ने भएकोले एकदमै उत्साहित रहेको समाजकी केन्द्रीय सदस्य एवम महिला विभाग प्रमुख लिला बिमलिले बताउनु भयो ।
उहाँले सम्पूर्ण महिलाहरूलाई आग्रह गर्दै भन्नुभयो झापाका हुन या अन्य ज़िल्लाका महिला दिदी बहिनीहरू समाजमा आवद्ध हुनुहोस र आफुले सकेको सहयोग अरुलाई गर्नुहोस र आफ़ूलाई पर्दा पनी सहयोग लिन सजिलो हुन्छ ।
नेपाली महिलाहरुको महान पर्व तीजको रमझमसँगै असहाय बालबालिकाहरुको शिक्षामा योगदान गर्न पाइने हुँदा युएईमा रहेका नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुनका लागि समाजकी उपाध्यक्ष एवं महिला विभाग उप- प्रमुख रेणु ढ़कालले अनुरोध गरेकी छन् ।
कार्यक्रमको मुख्य प्रायोजक एभरेस्ट प्याराडाईज रेस्टूरेण्ट र युएई एक्सेन्ज रहेका छन् भने प्रायोजकहरूमा हिमाल रेमिट, नाङलो रेस्टूरेण्ट, हाम्रो म:म हाउस, बराह ज्वेलर्स, अलहलिया एक्सेन्ज, क्याटमाण्डू म:म हाउस, नेपाली रेस्टूरेण्ट, सिवाकोटि एचआर ग्लोबल, नेपाली टेलर, झिन रेस्टुरेन्ट क्रिस्टल प्लाज़ा, युनीटी फ़ोरेन इन्वेस्टमेण्ट कम्पनी, काठमाडौं ट्राभल्स, डिस्कभरी रोयल स्पोर्ट्स, सिर्जनशील बचत तथा लगानी कोष, सुरक्षित बचत तथा लगानी कोष, पिंपल ट्राभल्स, रिया आइएमी, शुभयात्रा ट्राभल्स, ड्रीम फ़्यूजन इन्वेस्टमेण्ट, नमस्ते ट्राभल्स एण्ड टूर र ट्राभ हिल डटकम, ग्लोबल आइएमई बैंक, युनिभर्सल ब्लु ओसन कन्स्ल्टेन्सी, सन्जय गार्मेन्ट एलएलसी, होटेल जागरुक प्राली काठमाडौं आदि रहेका छन् ।
त्यस्तै मिडिया पार्टनरमा हाम्रो दमक एचडि, अनलाईन आवाज, प्रबासी अनलाईन, ईपाथीभरा, मोफसल अनलाईन, शब्द खबर अनलाइन,पोस्टपाटी अनलाइन तीनज़ूरे अनलाईन न्यूज़7नेपाल, रहेका छन् ।