Sorry, that menu does not exist.
 

प्रेस काउन्सिलको बर्गीकरण प्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण

बागलुङ २०७५ साउन ३१ । प्रेस काउन्सील नेपालले पत्रपत्रिकाको बर्गिकरणमा विभेद गरेको भन्दै नेपाल प्रेस युनियन जिल्ला समिति बागलुङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सीलले २०७५ साउन २५ गते सार्वजनिक गरेको बर्गिाकरण प्रति असन्तुष्टि जनाउदै युनियनले सञ्चार तथा सुचना प्रविधि मन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । युनियनले प्रमुख जिल्ला अधिकारी मार्फत सञ्चार तथा सुचना प्रविधि मन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । जिल्ला अध्यक्ष नरेश कडेलले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

नतिजालाई लिएर श्रमजीवी पत्रकाहहरुले गभ्भिर असहमति जनाईरहेको अवस्थामा तत्काल निर्णय सच्याई पारदर्शी र निष्पक्ष ढंगबाट प्रक्रियागत रुपमा नजिता सर्वाजनिक गर्न युनियनले ज्ञापन पत्र मार्फत माग गरेको छ ।

नियमित रुपमा प्रकाशन भईरहेका पत्रपत्रिकालाई वर्गीकरणमा घटुवा गरि, कहिलेकाहि प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएको उल्लेख गरिएको छ । पत्रपत्रिका बितरण संपरिक्षण समितिको सिफारिसलाई समेत लत्याउदै बोर्ड बैठक समेत नबसी फरक नतिजा प्रकाशन गरिएको युनियनले जनाएको छ ।

काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी रुपमा सुचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा बुझाइ सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा लिएको उल्लेख गरिएको छ । पत्रपत्रिका बर्गिकरण पछि दिईने सेवा सुबिधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सीलको बोर्ड सदस्यहरुलाई पूर्वाग्रहले भरिएको नतिजा खारेज गरि पुनरावलोकन गर्न नेपाल प्रेस युनियन माग गरेको छ । मागलाई सम्बन्धित निकायले वेवास्था गरे आन्दोलनमा उत्रिन बाध्य हुने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply