Sorry, that menu does not exist.
 

आजको तस्वीर : कुँडुलेमा मुलुककै पहिलो शालिग्राम संग्रहालय !

शव्द/चित्र अर्जुन ढकाल, बागलुङ २०७५ भदौ १ । बागलुङ नगरपालिका- ४ कुँडुलेमा पवित्र कालीगण्डकी नदीमा मात्र पाईने धार्मिक दृष्टिले महत्वपूर्ण एवं भगवान विष्णुको रुपमा पूजिने शालिग्राम शिला संग्रहालयको आज गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले एक समारोहका वीच शिलान्यास गरेका छन् ।

निर्माणाधीन श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिर परिसरमा बन्ने ‘स्वामी श्रीधराचार्य शालग्राम संग्रहालय’ को नामबाट निर्माण सुरु गरिएको सग्राहलयको कुल लागत ४ करोड रुपयाँ रहेको बताईएको छ भने आगामी एकवर्षावधिमा निर्माण सम्पन्न हुने संग्रहालयको गुफा ७३ मिटर लामो हुने जानकारी दिईएको छ । सो अवसरमा गुफाको प्रवेशव्दारमा नेपाली सेनाले बम विष्फोटन गरेको थियो ।

श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरमा अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले गुफा भित्र २० हजार शालिग्राम शिला राखिने सो अवसरमा बताएका थिए । उनले प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययन गराइ गुफा निर्माणको काम अघि बढाइएको पनि बताए । कुँडुलेमा निर्माणाधीन ‘स्वामी श्रीधराचार्य शालग्राम संग्रहालय’ देशमै पहिलो भएको विश्वास गरिएको छ ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद ईन्द्रलाल सापकोटा, कृष्ण थापा, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, बानपा प्रमुख जनक पौडेल, प्रहरी उपरीक्षक दीपक रेग्मी, अर्जुनवाण गणका गणपति भुवनराज देवकोटा, स्थानीय जनप्रतिनिधीहरु लगायत विशाल जनसमूहको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply