भरत सामकोटा, बागलुङ (बिहुँ) २०७५ भदौ २ । काठेखोला गाउंपालिका ५ बिहुँकोट मौरीभीरमा मोटरबाटो भन्दा केहि माथि रहेको बिधुतीय तारले मानवीय क्षति हुने जोखिम बढेको छ ।
बिधुत प्राधिकरण बिहुँका प्रमुख हरि सुनारलाई सम्पर्क गर्दा विधुत नवलेका क्षेत्रमा तत्कालै बाल्ने र धेरै क्षेत्र हेर्न पर्ने भएकाले आफुँहरुलाई फुर्सद नै नभएकाले बनाउन नसकेको जामकारी दिए । तर स्थानिय शोभाखर कडेलले पटक पटक फोन गर्दा आज भोलि भनेर भनेपछि निक्कै समस्या परेको बताए ।
केहि दिन अघि बिहुँमा दुई युवतीको करेन्ट लागेर मृत्यु भएपछि केहि तदारुकता देखाएको विधुत प्राधिकरण फेरि सुस्ताएको देखिन्छ । यसरी मानिसलेनै छुने अवस्थामा लत्रेको तार कसैले छोएमा या ठुला ट्रकहरु आवजजावत गर्न झनै समस्या परेको छ । त्यसमाथि मकै बारीका डाठहरु छोएकाले समेत बारीमा पसेर काम गर्न नसकेको कडेलले बताए ।
यस बिषयमा वडा अध्यक्ष शिव कडेंललाई सम्पर्क गर्दा उनिहरु काम धेरै बेस्त भएकाले काम गर्न नसकेकाले थप कर्मचारीको माग गरिएको बताएको जानकारी दिदै तत्कालै त्यो काम गर्न निर्देशन दिईएको बताएका छन् ।