दिनेश शर्मा, बागलुङ (बडीगाड) २०७५ भदौ ३ । बडीगाड गाउपालिका ३ साविक ग्वालिचौर गाविस दाङ स्थित पौँदेलहरुको विशेष आस्थाको केन्द्र मानिने प्रशिद्ध थानपति मन्दिर र मन्दिर क्षेत्रको व्यवस्थापनका लागी भदौ २ गते शनिवारका दिन गते व्यापक अन्तरक्रिया कार्यक्रम भएको छ ।
मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष लोकनाथ घिमिरेको अध्यक्ष्यतामा भएको अन्तर्कृया कार्यक्रममा बडीगाड गाउपालिका अध्यक्ष मेहरसिह पाइजाको प्रमुख आतिथ्यता तथा बडीगाड ५ का वडा अध्यक्ष अर्जुन प्रसाद खरेल, भानु मा बि का प्र अ केशब खरेलको बिशेष उपस्थिति रहेको थियो। भानु मा बिको हलमा शनिबार भएको कार्यक्रममा बुद्धिजिबी समाजसेबी पत्रकार व्यापारीहरुको व्यापक उपस्थिती रहेको थियो।
बडीगाड गाउँपालिकाका अध्यक्ष पाइजा, वडा नं। ५ का अध्यक्ष अर्जुन खरेल, भानु माविका प्रअ केशव खरेल, हरि घिमिरे, विष्णु प्रसाद आचार्य, कमल पौडेल, उदय खरेल, कमलराज आचार्य, दिपक कुँवर लगाएतले बोल्दै थानपती मन्दिर धेरै श्रद्धालु भक्तजनहरुको आस्थाको केन्द्र रहेको भन्दै मन्दिर पुननिर्माण तथा धार्मिक क्षेत्र निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए।
उक्त भेलाले बेद प्रसाद घिमिरेको अध्यक्ष्यतामा ९ सदस्यीय नया योजना निर्माण समिती गठन गरिएको छ जसको सदस्यहरुमा हरि घिमिरे, दिपक कुवर, प्रकाश घिमिरे, यदु पौडेल, कृष्ण बहादुर घिमिरे, उदय खरेल, भानुभक्त पौडेल र वडा अध्यक्ष अर्जुन प्रसाद खरेल रहेका छन् ।
उक्त समितीले एक महिना भित्र आवश्यक विभिन्न उपसमितीहरु गठन गरि अगाडी बढ्ने योजना बनाएको छ।