Sorry, that menu does not exist.
 

ताराखोला गाउँपालिकामा गरिब परिचय पत्र बितरण : वास्तविक गरिबले पाएनन परिचय पत्र !

पूर्णभद्र निउरे, बागलुङ, (ताराखोला) २०७५ भदौ ७ । ताराखोला गाउँपालिकाले ५ बटै वडामा गरिब परिचय पत्र बितरण कार्य सम्पन्न गरेको छ ।गाउँपालिकाको वडा न १ मा ६३ जना, वडा २ मा ७० जना, वडा न ३ मा १०५ जना , वडा न ४ मा ७५ जना र वडा न ५ मा १७० जना गरि कुल ४८३ जना ले परिचय पत्र लिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तोपलाल भुषालले जानकारी दिए ।

गाउँपालिकाको तथ्यांक अनुसार सबै वडाका गरि २७० जनाले रातो रङ्गको अति गरिबको परिचयपत्र ११६ जनाले पहेलो रङ्गको मध्यम गरिबी परिचयपत्र ९७ जनाले निलो रङ्गको सामान्य गरिबको परिचयपत्र प्राप्त गरेका छन ।

गरिब परिचय पत्र बितरण गरिएको भने पनि वास्तविक गरिबले परिचय पत्र नपाएको र पाएका मध्य पनि जस्ले अति गरिबको परिचय पत्र पाउनु पर्ने हो उसले सामान्य गरिबको परिचय पत्र पाएको स्थानियले गुनासो गरेका छ्न ।

स्थानियका अनुसार शहर बजारमा घर घडेरी भएका, पेन्सन वाला लाहुरे, सरकारी जागिर भएका परिवार, सयौं रोपनी जग्गा जमिन भएका धनी भनाउदाहरुले समेत गरिब परिचय पत्र प्राप्त गरेका छ्न ।

दुखको कुरा समाजमा हुने खाने कहलिएकाहरु गरिबी परिचय पत्र लिनका लागि तछाडमछाड गरि रहदा खान लाउन नपुगेर तिनै ब्याक्तीबाट ऋण लिएर बर्षौ सम्म तिर्न नसकेका गरिब परिवारहरु टुलुटुलु हेरेर बस्न बाध्य देखिन्थे ।

यस बारेमा गाउपालिका संग बुझ्दा २०६९/७० मा संकलन गरिएको तथ्यांक अनुसार तत्कालीन सहरी तथा गरीबी निबारण मन्त्रालयबाट गरिबको सुचिमा सुचिकृत भए आयका परिवारको नाम जिल्ला समन्वय समितिको कार्यालय बाग्लुङ मार्फत परिचय पत्र बितरणका लागि पठाइएकोले सोही अनुसार बितरण गरिएको बताइएको छ । जसले वास्तविक गरिब भएर परिचय पत्र पाउन छुटेको छ त्यस्तो परिवारलाई पुन अर्को ब्यबस्था गरि परिचय पत्र दिलाइने गाउँपालिकाले जनाएको छ ।

तथ्यांक संकलनका क्रममा संकलनकर्तालाई कतिपय परिवारबाट बास्तबिक तथ्यांक उपलब्ध नगराइदा र संकलकले सहि तथ्यांक नउठाउदा धनीले गरिबको सूचीमा र गरिब धनीको सुचिमा परेको हुन सक्ने विश्लेषण गरिएको छ ।

उता गाउँपालिकाले गरिब परिचय पत्र बितरण गर्दा कुनै पनि राजनैतिक दल सङ्ग परामर्श नगरी एकलौटी गरेको भन्दै दल का प्रतिनिधिले समेत असन्तुष्टि व्यक्त गरेका छ्न । ताराखोला गाउँपालिकाका राजनैतिक सल्लाहकार समेत रहेका तत्कालीन ने क मा माओवादीका नरेश केसिले गरिब परिचय पत्रका लागि गाउँपालिकामा तथ्यांक आइसके पछि कार्यालयले सर्बदलिय बैठक राखेर छलफल गरेको भए जनताहरुबाट यति धेरै गुनासो नआउने गरि विकल्प खोजेर अगाडि बड्न सकिने बताए ।

स्थानीयले भने परिचय पत्र नपाएका वास्तविक गरिब लाई तत्काल परिचय पत्र बितरण गर्नु पर्ने र सम्पन्न ब्यक्तीले बुझेको गरिब परिचय पत्र छानबिन गरि खारेज गर्न माग गरेका छन ।

बागलुङ जिल्लाका विभिन्न स्थानीय तह मा परिचय पत्रका लागि सम्पन्न ब्यक्तीको नाम रहेको र परिचयपत्र लिन अस्वीकार गरेको समाचार आइरहदा ताराखोला गाउँपालिकामा भने कसैले परिचय पत्र लिन अस्वीकार नगरेको खबर प्राप्त भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply