बिमल खड्का, काठमाडौँ २०७५ भदौ ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् बागलुङ- २ बाट प्रतिनिधी सभा सदस्य देवेन्द्र पौडेलले बागलुङको विकाशे योजना र जनताको जिवनस्तर उकास्नु आफ्नो पहिलो लक्ष्य रहेको बताएका छन् ।
समय सिमावधी भित्र काम नभएका गुनासो जनताबाट आएपछि बिहिबार सांसद पौडेलले पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजना प्रमुख तथा ठेकेदार सँग काठमाडौँ आयोजनाको कार्यालयमा छलफल गरि बागलुङ देखि बिहुको १३ किलोमिटर कालोपत्रेको जिम्मा पाएको भारत सिदिशाह कम्पनी र बिहुदेखि धोडाबाधे सम्म कालोपत्रे तथा हटिया सम्मको सडकको स्तरोन्नती गर्ने जिम्मा पाएको Mp/scs/ecc कम्पनीका ठेकेदारलाई भेटेर समय सिमा काम सक्न पौडेलले निर्देशन दिएका हुन् ।
बिहु – हटियासम्म ३२ किलोमिटर सडक कालो पत्रे तथा स्तरोन्नती काम सम्पन्न गर्ने समय सिमा ६ महिना छ यदि समयमै काम भएन भने आवश्यक कारबाही अगाडि बढाउछौँ पौडेलको चेतावनी थियो । जनताका आवश्कतालाई हेरेर बिकाश गर्नुपर्दछ यदि बिचमा कुनै समस्या आएमा स्थानीय निकाय, जिल्लाका सिडियो तथा केन्द्र सरकार छ उनीहरू सँग समन्वय गरि काम गर्नुपर्दछ । काममा त्यसमा तलमाथि भयो भने कारबाहीको भागिदार हुनुहुनेछ समयमै काम सक्नुहोस् पौडेलको भनाई थियो ।
मध्य पहाडी लोकमार्ग आयोजना कार्यालयले उक्त सडकको काम ५० प्रतिशत मात्रै भएको जनाएको छ। बिहु देखि हटिया सम्म सडकको ठेक्का २०७२ माग १० गते सडक स्तरउन्नति सँगै कालोपत्रेका लागि ३५ करोड ३९ लाख २ हजार ७ सय ५७ रुपैयामा लिएको थियो । तर समयसिमा ६ महिना बाकी रहदापनि ठेकेदारले कामदारको अभाव देखाउदै पन्छिने बाहेक अन्य काम हुन सकेको छैन् ।
यता,बागलुङ बिहु सम्मको १३ किलोमिटर सडक कालोपत्रेको ठेक्का पाएको भारत सिदिशाह कम्पनीले ३९ करोड ७१ लाखमा ८७ हजारमा ६ सय अभिवृद्धि कर सहित २०७३ माग १४ ठेक्का लिएको थियो । उक्त कम्पनीले अहिले सम्म २० प्रतिशतमात्रै काम सकेको पाईएको पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजना पश्चिम दाङका प्रमुख सुर्य बहादुर भाटले बताएका छन ।समयमै जनअपेक्षित काम नहुदा आवतजावत गर्ने यात्रु स्थानीयलाई समेत दुर्घटनाको जोखिम बढेको छ ।