Sorry, that menu does not exist.
 

गल्कोट चमुवाबासीहरु बर पिपल संरक्षमा !

चन्द्रमणि न्यौपाने, गल्कोट २०७५ भदौ ७ । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका वर(पिपल मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा चौतारीमा रोपिएका वर(पिपल मासिन थालेका हुन् ।

गर्मीका बेला शीतलता प्रदान गर्न, बाटो हिँड्ने बटुवालाई आराम गर्न गाउँघरमा लगाइएका वर/पिपल सहितका चौतारीहरू अहिले विकास निर्माणका नाममा धमाधम मासिँदै गएको अबस्थामा गल्कोट नगरपालिका वडा नम्बर ४ चमुवाबासीहरु भने बर पिपल संरक्षमा लागेका छन । भबिस्यमा पर्यटनकीय र धार्मिक क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यले पर्यटकीय क्षेत्र निलुवाको काखमा रहेको लरिनी भन्ने स्थानमा वर, पिपल, स्वामी र आक का बिरुवा रोपिएको संरक्षण समितिका अध्यक्ष लालु सुबेदीले बताए। गत महिना १ सय ३० वटा बिरुवा रोपिएकोमा पुन ३० वटा बिरुवा थपिएको हो । बिरुवा रोपेसँगै उक्त स्थानमा पुग्ने गोरेटो बाटो पनि मर्मत गरिएको छ । साथै परम्परागत १ कुवाको पनि संरक्षण गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply