प्रेम सुनार, बाजुरा २०७५ भदौ ७ । नेपालका चाहे ती पहाड हुन , चाहे तराई र हिमाल हेरौ सवै लोभ लाग्दो दृश्यले मनमोहक छन । केहि स्थानहरुमा त राज्यले पर्यटकीय विकास गरेर संसारभरका मान्छे ओईरिन थालेका छन तर त्यस्ता धेरै मनोरम स्थलहरु अझै पनि ओझेलमा छन । तिनै मध्येको एक हिमाली जिल्ला बाजुरा ।
बाजुराका सुन्दर पहाडहरुको शव्दमा ब्याख्या गर्न साहित्यकारले नै बढि सक्लान । अझ समुद्री सतह देखि त्यहाँको बडीमालिका माताको मन्दिर रहेको ४ हजार २ सय १६ मिटर उचाईमा पुग्दा त त्यहाँको वर्णन गर्दै केहि लेखौं जस्तो भान हुन्छ । विशेषगरी बाजुरा, बझांग, अछाम, डोटी, डँडेलधुरा, बैतडी, कालिकोट, हुम्लाको सदियौ देखि आस्थाको केन्द्र मानिने बडीमालिका माताको मन्दिरमा छिमेकी भारत, त्यहाको वारेमा बुझेका केहि विदेशी र स्वदेशका विभिन्न स्थानबाट पनि तीर्थालु पुग्ने गर्दछन् ।
हरेक वर्षको जनैपुर्णीमा देखि लाग्ने त्यस मन्दिरको मेला भर्न ताती लाग्दै मानिसहरु उकालो लागेको दृश्य थप रमाणीय लाग्छ । बढो रमाईलो गर्दै साता दिनका दिन मानिसहरु झरी वादल, घाम पानी र चिसो मौसम नभनी त्यहाँ पुग्छन । सात दिन सम्म हिड्दा थकाई लागे पनि माथी टापुमा पुग्दा थकार्ई नै मेटिन्छ । यति बेला बडीमालिका जानेहरूको लस्करले मालिका पुग्ने पहाडका बाटोहरू रंगीबिरंगी देखिएका छन् ।
स्कन्दपुराणमा उल्लेख भएअनुसार दक्षप्रजापतिको यज्ञमा महादेवकी अर्धाङ्गिनी सत्यदेवी होमिएर देहत्याग गरिसकेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर हिँड्दा मल्लागिरी पर्वतमा सत्यदेवीको एक अंग पतन भएर मालिकादेवी उत्पत्ति भएको र पछि त्यही बडीमालिकाका रूपमा स्थापित भएको मान्यता छ । अन्य समयमा प्रायः सुनसान हुने त्यस मनोरम स्थानमा हिड्दै हेर्दै टोपी खस्ने ठाडो भीर छिचोल्नु पर्छ । पुराउन सकिने पाहड सम्म मोटरबाटो पुराउन र ब्यापक प्रचार गर्न सके वाह्रै महिना संसार भरीका मानिसहरुको बार्है महिना भिड लाग्ने दुर्गमवासी वाजुरेलीहरु सुगम र समृद्धि तर्फ लम्कीने थिए कि
आजको तस्वीर : तब न बाजुरा, क्या सुन्दर पहाड !
२०७५ भाद्र ७, बिहीबार २०:३३
Footer Slider, Top News, अन्य समाचार, विविध
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०