Sorry, that menu does not exist.
 

काठेखोला गाउँपालिका वडा नम्बर ५मा सन्चालित ३४ योजनाहरु शतप्रतिशत सम्पन्न !

भरत सापकोटा बागलुङ बिहुँ २०७५ भदौ ९ । काठेखोला गाँउपालिका वडा ५ बिहुँ भित्र संचालन गरिएका आयोजनाहरुको बार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । २०७४मा छनोट भएका योजनाहरु कसरी सम्पन्न भएको छ भनेर प्रत्येक क्षेत्रका समितिका पदाधिकारीहरु सहित सबैलाई जानकारी दिन यो कार्यक्रमको आयोजना गरिएको हो ।

सो वडामा छनोट गरिएका ३४ वटा योजना मध्ये कुन कसरी सम्पन्न भए, कुनै क्षेत्रमा अनियमितता भयो वा भएन भन्ने जनताले आफ्ना गुनासो वडा कार्यलयमा साख्न पाउन भन्ने उद्देश्यका साथ समीक्षा गोष्ठी गरिएको जानकारी दिँदै वडा अध्यक्ष शिव कडेंलले जनताले जसरी आफुलाई निर्वाचित गरे त्यहि अनुसार जनताकै सुखदुखमा रहेर काम गरिरहेको बताए ।

सो अवसरमा स्थानियको तर्फबाट कलानिधि कडेंल, प्रेम पुन, ज्ञामनाथ कडेंल, सुं कृष्ण बहादुर पुन ,भिम बहादुर वि क, ओम देवि पुन, लिलाधर कडेंल ग्यानकुमारी शर्मा श्रीष शर्मा, डिल बहादुर वि क ले जनता का समस्याहरु जिवितै रहेको बताउदै तिनिहरु समाधान गर्न पहल गर्न अनुरोध गरेका थिए ।

सो अवसरमा जनताले राखेका जिज्ञासाको जवाफ दिदै काठेखोला गाउंपालिका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर विश्वकर्माले जनताले स्थानिय सरकारको मात्र मुख ताकेर गाउंपालिकाको विकाश सम्भव नरेहेको बताउदै स्थानिय जनताहरु पनि हरेक विकाशको आयोजनाहरु जनश्रमदान गर्नु पर्ने बताए ।

सो अवसरमा स्थानिय विकासको योजना निर्माण समितिमा कुनै पनि निजामति कर्मचारीहरु बस्न नमिल्ने भन्दै अन्य ब्यक्तिहरु लाई राखि सहजिकरण गर्न पनि आग्रह गरेका थिए । कार्यक्रममा वडा न ५मा निर्माण भएका ३४वटा योजना मध्ये ३४वटै योजना सफलता पुर्वक र चुहावट नभई निर्माण सम्पन्न गरेकोमा सबै उपभोक्ता समितिलाई धन्यबाद ब्यक्त गरेका थिए ।

कार्यक्रममा कार्यपलालिका सदस्यहरु टिका संगम वि.क. हेमलाल वि.क. लगाएतले मन्तव्य राखेका थिए । वडा अध्यक्ष शिव कडेंल अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन सचिव कमल कडेंल तथा स्वागत वडा सदस्य भुमिश्वर कडेंलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply