Sorry, that menu does not exist.
 

ताराखोला गाउपालिकाको परिपत्र : सार्बजनिक पदमा रहेर सामाजिक संजालमा टीका टिप्पणी गर्न नपाइने !

पूर्ण भद्र निउरे बागलुङ (ताराखोला) २०७५ भदौ १० । ताराखोला गाउपालिकाले गाउँपालिका क्षेत्र भित्र सार्बजनिक पद धारण गरेको जुनसुकै ब्यक्तिले सामाजिक संजाल मार्फत नकारात्मक दृष्टिकोणबाट टीका टिप्पणी गर्न नपाइने गरि सबै कार्यालयहरुमा परिपत्र गरेको छ ।

पछिल्लो समयमा गाउँपालिका भित्रका सार्बजनिक पद धारण गरेका ब्यक्तिहरु बाटै गाउँपालिकाको बिकास,नीति कार्यक्रम बजेट र सेवा प्रवाहमा असर पुग्ने गरि सामाजिक संजाल मार्फत गाउँपालिका कार्यालय , जनप्रतिनिधि र कर्मचारीलाई नकारात्मक दृष्टिकोणले टीका टिप्पणी, गाली गलोज अपशब्दको प्रयोग बढ्दै गै रहेको पाइएकोले गत सँएन् ३० गतेको गाउँकार्यपालिकाको बैठकले यस्ता खालका निन्दनीय कार्यले गाउँपालिकाको समृद्धिमा बाधा अबरोध हुने भन्दै परिपत्र गर्ने निर्णय भएको र सोही अनुसार सुचना सार्बजनिक तथा परिपत्र गरिएको ताराखोला गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषाल ले जानकारी दिउ ।

गाउपालिका भित्रका सबै वडा कार्यालय, बिद्यालय,स्वास्थ सस्था,क्लब, आमा समूह र सहकारी सस्थाका प्रमुखलाई सम्बोधन गरि लेखिएको ताराखोला गाउँकार्यपलिकाको कार्यालय अर्गल बागलुङको च न ५९ र मिति २०७५र०५र७ गतेको पत्रमा गाउँपालिकाको समग्र बिकासमा टेवा पुर्याउने गरि गाउँपालिकाबासी बाट आउने सकारात्मक सल्लाह सुझाबको सधैं स्वागत गरिने तर नीति कार्यक्रम र सेवा प्रबाहमा समेत असर पुग्ने गरि नकारात्मक दृष्टिले गरिने निन्दनीय कार्य नगर्न नगराउन अनुरोध गर्दै यस्ता कार्य दोहोरियमा प्रचलित ऎन नियम र कानुन बमोजिम कारबाही समेत गरिने उल्लेख गरिएको छ ।

स्थानीय तह स्थापनाको भरखर दोस्रो बर्ष प्रबेश को क्रममा रहदै गर्दा विभिन्न सामजिक संजाल मार्फत गरिने यस्ता नकारात्मक टिप्पणीहरुले आम नागरिकमा नैराश्यता जगाउने र नीति कार्यक्रम तथा बिकासका कार्य समेत प्रभावित हुने भएकाले त्यस्ता कार्यहरु रोक्न परिपत्र गरिएको गाउँ पालिकाको दाबी छ। उता कतिपयले भने गाउपलिकाको यस्तो निर्णयले बैचारिक स्वतन्त्रतालाई समेत कुण्ठित पार्न खोजेको भन्दै बिरोध जनाएका छ्न ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply