भरत सापकोटा, बागलुङ बिहुँ २०७५ भदौ ११ । काठेखोला गाउपालिका ५ बिहुँ स्थित नवयुवक आधारभूत विद्यालय चीरपानीको सहयाोगका लागि एक जना जापानी महिला सहित विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग एवं अक्षय कोष स्थापना गरेका छन्
आज आयोजना गरिएको कार्यक्रममा एकजना जापानी कारमुन माचेयुले विद्यालयको सहयोग स्वरुप रु १७ हजार रुपयाँ हस्तान्तरण गरेकी हुन् ।
उनका साथै भागिरथ शर्माले ३२ हजार मुल्यको साउण्ड सिस्टम प्रदान गरेका थिए भने आफ्ना स्वर्गीय पिता टिकाराम कँडेलको स्मृतिमा छोरा टिकाधर कँडेलले रु २५ हजार ५ रुपयाँको अक्षयकोष स्थापना गरेका छन् । सोही अवसरमा कृष्णबहादुर पुनले रु ३५ हजार र कृष्णलाल कँडेलले रु १० हजार रुपयाँको अक्षयकोष स्थापना गरेका छन् ।
कार्यक्रम विव्यसका अध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षता, मन्तव्य विद्यालयका प्रअ देव नारायण सापकोटा, वडासदस्य भुमिश्वर कँडेल, कार्यक्रम स्वागत भरत सापकोटाले गरेका थिए ।
कार्यक्रममा सहयोगी दाताहरुलाई खादा ओढाई सम्मान गरिएको प्रअ देवनारायण सापकोटाले बताए ।