Sorry, that menu does not exist.
 

साताको तस्वीर : ढोरपाटनमा नेपाली सेनाको जनहित कार्य ।

ढोरपाटन, (बागलुङ) २०७५ भदौ १३ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ९ ढोरपाटन उत्तरगंगा स्थित प्रशिद्ध ढोरबराह मन्दिरमा जनैपूर्णिमाको अवसरमा लाग्ने धार्मिक मेला सम्पन्न भएको छ भने मेलाका अवसरमा ढोरपाटन क्लबले आयोजना गरेको खेलकुद प्रतियोगिता जारी रहेको छ ।

यसपालीको जनैपूर्णिमा मेलाको पूर्व सन्ध्यामा ढोरपाटन स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी रबिजंग खड्काको कमाण्डमा खटिएको टोलीले ढोर बराह मन्दिर वरपर सरसफाई तथा खेलकुद मैदानको तयारीमा सहयोग तथा नवी खोला (सानो भेरी)मा पहिलो पटक ट्विनको निर्माण गरी श्रद्धालुहरुलाई डोरीको माध्यमबाट वारपार गराउने काममा सेनाले सहयोग पुयायो ।

वर्षाको समयमा नवी खोलामा पानीको सतह बढ्ने र मेला भर्न आउने श्रद्धालु एवं खेलहेर्न आउने दर्शकहरुलाई खोला वारपार गर्न तारघाटको व्यवस्था नहुँदा निकै समस्या झेलिरहनु पर्ने अवस्थालाई मध्यनजर गरी हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खड्काको कमाण्डमा रिभर क्रसिङ टीमले पहिलो पटक डोरीबाँधेर खोला वारपार गराउने (ट्विन) को प्रवन्ध गरेकोमा स्थानीयले निकै सराहना गरे । मेलाको अघिल्लो दिन देखी नै सन्चालनमा ल्याईएको ट्विनबाट ३ सय जनाको हाराहारीमा सेनाले स्थानीयहरुलाई वारपार (उद्धार)गराएको थियो । सेनाले ढोरपाटनमा पहिलो पटक निर्माण गरेको यस प्रविधीबाट स्थानीयलाई सुरक्षितरुपमा खोला वारपार गर्न सजिलो भएको बताएका छन् । आज देखी सो ट्विन हटाईएको सहकर्मी ईन्द्रबहादुर शाहीले ईबागलुङलाई बताए ।

मेलाको मुख्य दिन हनुमानध्वज गुल्मको आयोजनामा स्वास्थ्य शिविर सन्चालन गरिएको थियो । शिविरबाट ३ सय ९२ जनाले सेवा लिएका थिए ।

तस्वीर सौजन्य: ईन्द्रबहादुर शाही, ढोरपाटन ।

यो पनि पढौं
ढोरपाटन स्थित ढोरबराह मन्दिरमा जनैपूर्णिमा मेलाको चहलपहल सुरु ! खेलकुद प्रतियोगितको तयारी पूरा !
ढोरपाटनको बिकासको लागी राजनीतिक दल संघसंस्था स्थानीयवासी सबैको सहकार्य आवश्यक- नेपाली

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply