बागलुङ, (बडीगाड) २०७५ भदौ १४ । अखिल छैठौं २१ औ राष्ट्रिय सम्मेलन तथा बागलुङको २३ औं जिल्ला सम्मेलनको पुर्व संध्यामा अखिल छैठौं बागलुङले जिल्लाव्यापी संगठन बिस्तार अभियानलाई तिव्रता दिएको छ ।
कार्यक्रम अन्तरगत २०७५ भदौ १२ गते बडीगाड गाँउपालिका वडा नं ४ स्थित बनस्पति माविमा संगठन बिस्तार अभियान सम्पन्न भएको छ । सो कार्यक्रममा अखिल छैठौंका महासचिव भिमलाल पोखरेल, केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गणेश अधिकारी, अखिल छैठौं बागलुङका सदस्य मनिष कडेलले प्रशिक्षण तथा सदस्यता वितरण गरेका थिए ।
कार्यक्रम पश्चात भएको भेलाले सपना परियारको अध्यक्षतामा २७ सदस्यीय अखिल छैठौं बनस्पति मावि मुल इकाई समिति चयन गरेको छ । जसको उपाध्यक्षमा गिरी प्रसाद गलामी, सचिव टोप बहादुर सुनार, सहसचिव ललिता थापा, कोषाध्यक्ष संगिता गलामी रहेकाछन । त्यस्तै कक्षा स्तरीय भेलाले कक्षा–१० मा सपना परियारको अध्यक्षतामा ६१ सदस्यीय, कक्षा–९ मा गिरी प्रसाद गलामीको अध्यक्षतामा ७१ सदस्यीय कक्षा इकाई समिति चयन गरेको छ ।
त्यसै गरी सोही टोलीले भाद्र १३ गते सिसाखानी मावि बडिगाड ३ मा भेला गरी अनिसा पर्टेलको अध्यक्षतामा ११ सदस्यीय अखिल छैठौं बनस्पति मावि मुल इकाई समिति चयन गरेको छ । जसको उपाध्यक्षमा हेढबहादुर विक, सचिव हिरा विक, सहसचिव चन्द्रा विक, कोषाध्यक्ष गिता भुजेललाई चयन गरिएको छ । त्यस्तै कक्षा स्तरीय भेलाले कक्षा–१० मा अनिसा पर्टेलको अध्यक्षतामा ३७ सदस्यीय, कक्षा–९ मा इन्द्र बहादुर विकको अध्यक्षतामा ३३ सदस्यीय कक्षा इकाई समिति चयन गरेको अखिल छैठौ जिल्ला समितिकी प्रचार विभाग प्रमुख बिमा कुमारी जोल्मीले ईबागलुङलाई जानकारी दिईन् ।