Sorry, that menu does not exist.
 

आदर्शको साधारण सभामा स्थानिय निकायदेखि विद्यालय सम्म सम्मानित

बागलुङ २०७५ भदौ १७ । आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले संस्थाको १२ औं साधारणसभाको अवसरमा संस्थाले सञ्चालन गरेका अभियानमा सहयोग पु¥याएको भन्दैं विभिन्न संघ संस्था र स्थानिय निकायहरुलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल र संस्थाका संस्थापक अध्यक्ष एंव संघिय सांसद मनकुमारी केसीद्वरा सम्मान गरिएको हो ।

संस्थामा आर्थिक वर्ष २०७४/७५ मा सर्वोउत्कृष्ट कारोबार गरेको भन्दैं तिन जना शेयर सदस्यहरु पनि सम्मानित भएका छन् । सर्वोत्कृष्ट कारोबार गरेको भन्दै सम्मानित हुनेमा रेणु केसी, शंकर पाण्डे र कलम लामिछाने रहेको संस्थाका सम्पादक रामबहादुर जिसीले बताए । त्यस्तै कर्जा तर्फ उत्कृष्ट कारोबार गर्ने महेन्द्रबहादुर सुवेदी, नन्दकली जैसिनी, देवि खड्का, दिर्घकालीन बचत तफृ उत्कृष्ट कारोबार गर्ने ललिता थापा, दिर्घकालिन बाल बचततर्फ उतकृष्ट कारोबार गर्ने आभाष जि.सी, शेयर सदस्य वृद्धितर्फ गिरबहादुर पुन, उत्कृष्ट जोडिमा केशवराज पौडेल र कमलादेवि पौडेल र उत्कृष्ट परिवारमा सुरेश श्रेष्ठ, शान्ति श्रेष्ठ र शुलभ श्रेष्ठको परिवार सम्मानित भएका छन् ।

त्यस्तै संस्थाले अञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु कार्यक्रम सञ्चालनको क्रममा संस्थागत रुपमा सहयोग पु¥याएको भन्दैं बागलुङ नगरपालिका वडा नम्बर–८ का अध्यक्ष जित बहादुर केसी राजन, रानेभूमि महिला विकास बहुउद्देश्यीय सहकारी संस्था सिगानालाई सम्मान गरिएको छ । त्यस्तै सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरि जागरण दैनिको ११ औं वार्षिकोत्सव कार्यक्रम सफल पार्न सहयोग गरेको भन्दैं भृकुटी माध्यामीक विद्यालय बरेङ, बरेङ गाउँपालिकाको कार्यालयलाई सम्मान गरिएको छ ।

त्यस्तै ६१ औ राष्ट्रिय सहकारी दिवसका अवसरमा संस्थाले आयोजना गरेको बागलुङ बहिरा संघका कार्यकारी तथा साधारण सदस्यहरु र धवलागिरी बहिरा माध्यामिक विद्यालयका बहिरा विद्यार्थीहरुका लागि सहकारी सचेतना कार्यक्रम सम्पन्न गर्न संस्थागत रुपमा सहयोग गरेको भन्दैं बागलुङ बहिरा संघलाई सम्मान गरिएको थियो ।

त्यस्तै साधारणसभाको अवसरमा आदर्शले सञ्चालन गर्दै आएको महिलाहरुको महिनावारीमा प्रयोग गरिने सेनेटरी प्याड बनाउँने तालिममा समन्वयकारी भुमिका निर्वाह गरेको भन्दै भैरव आमा समुह काँठेखोलालाई सम्मान गरिएको छ । त्यस्तै संस्थाले सञ्चालन गरेको सहकारी सचेतना कार्यक्रममा संस्थागत रुपमा समन्वयकारी भुमिका निभाएको भन्दैं घुम्टे युवा परिवार गल्कोट, महिला जागरण केन्द्र गल्कोटलाई सम्मान गरिएको छ । त्यस्तै संस्थामा अक्षय कोषको स्थापना गरेर संस्थागत प्रर्वद्धनमा सहयोग गरेको भन्दैं क्रियाशिल पककारिता अक्षयकोष स्थापना गर्ने प्रेस चौतारी जिल्ला शाखा बागलुङ, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने नेपाल पत्रकार महासंघ बागलङ शाखा, सिर्जनशिल पत्रकारिता कोष स्थापना गर्ने सन्तोष क्षेत्री र सिर्जना पन्तलाई पनि सम्मान गरेको छ ।

त्यस्तै संस्थाले सञ्चालन गरेका विभिन्न सचेतनामुलक लगायत स्वास्थ्य क्षेत्रका कार्यक्रममा निरन्तर संस्थागत रुपमा सहकार्य गरी यस संस्थाको प्रवद्र्धनमा पु¥याएको भन्दैं धौलागिरी सञ्जिवन स्वास्थ्य सहकारी, सचेतनामुलक तथा वित्तीय क्षेत्रमा संस्थागत रुपमा सहयोग गरेको भन्दैं निलगिरी वचत तथा ऋण सहकारी संस्था, लहरेपीपल बहुउद्देश्यीय सहकारी संस्था, अभियान बहुउद्देश्यीय सहकारी संस्था, शुभश्री वचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply