Sorry, that menu does not exist.
 

नेपालमा भारतीय हस्तक्षेपनै बिकासको प्रमुख बाधक भएको मसाल महामन्त्री सिंहको आरोप !

शेखर थापा, बागलुङ २०७५ भदौ १७ । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले नेपालमा भारतको हस्तक्षेपनै बिकासको प्रमुख बाधक बनेको बताएका छन् । प्रगतिशील पत्रकार संघ बागलुङ द्वारा आइतबार बागलुङ सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिंहले यस्तो बताएका हुन ।

संघ द्वारा आयोजित नेकपा मसालका महामन्त्री सिंह सङ्ग देशको समसामयिक बिषय र राजमोको धारणा बिषयक कार्यक्रममा सिंहले देशमा भैरहेको राजनितिक परिस्थिति, संघियता र अहिले सम्पन्न बिमेस्टेक सम्मेलनको बारेमा प्रस्ट्याउदै देशलाई भारतीय बिस्तारबादीले आफ्नो इच्छा पूरा गर्न नेपालमा मिलेर बसेका नेपालीहरु बिच जातिय द्वन्द्व ल्याउन, लामो समयदेखीनै हस्तक्षेप गरिराखेको र त्यही बिदेशी सस्कृतिका पछि लागि सत्तामा रहेका पार्टीहरुले बिन्भिन्न सन्धी सम्झौता गर्दै देशलाई टुक्राउने चलखेल भैरहेको बताए ।

देशलाई समाजबाद उन्मुख बनाउनका लागि भारतीय बिस्तारबादीले रोक लगाइरहेका भन्दै सिंहले सत्ता पक्षमा भएमा पार्टीले पनि समाजोन्मुख देश बनाउछौ भन्ने तर अझै सम्म कृषि, व्यापार, शिक्षा, स्वास्थ, उद्योग र पुर्बाधार बिकासमा कुनैपनि राम्रो पहल नगरेको र हाल भैरहेका हत्या, हिंसा, बलात्कारको पक्षमा पनि कुनै राम्रो खालको जनतालाइ चित्त बुझ्ने निर्णय तथा कार्य नगरेको बताए ।

महामन्त्री सिंहले सघियताको मुख्य उदेश्य नै राष्ट्रियतालाई खण्डित पार्नु र हिन्दु धर्मलाई हतियार बनाई राजतन्त्र लिन खोज्नु भएकाले सरकारको यो दुष्परिणाम जनताले बुझिसकेको बताए । सिँहले भने हामी बिरोध गरिराखेका छौ राष्ट्रियता बचाउन संघियता खारेज हुनुपर्छ, स्थानीय तहहरुलाई बजेटका कुरामा ध्यान दिईएन, कर बढी लिने खालका योजना लिइयो त्यसैले पनि हाम्रो पार्टीले बिरोध गरिराखेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा राजमो केन्द्रिय अध्यक्ष चित्रबहादुर केसी र जिल्ला अध्यक्ष अमरबहादुर थापाको उपस्तिथि रहेको थियो । कार्यक्रम प्रगतिशील पत्रकार संघ बागलुङका जिल्ला सदस्य टीका सङगमको स्वागत मन्तव्य , ताराप्रसाद शर्माको अध्यक्षता र जिल्ला कोषाध्यक्ष प्रकाश छन्तेलको सन्चालन्मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply