खिमलाल पाण्डे, युएई २०७५ भदौ १८ । रोजगारीको शिलशिलामा युएई पुगेका नेपाली महिलाहरुले गत ३१ अगस्ट २०१८ शुक्रबारका दिन युएईको दुबई स्थित चर्चित होटेल स्वागतम होटेल (WELCOME HOTEL ) मा हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज बिबिध कार्यक्रम गरी भब्य रुपमा मनाएका छन।
युएई नेपाली एकता समाज महिला बिभागले आयोजना गरेको उक्तप्रगतिशील तीज बिशेष कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष साबित्रा घिमिरेको रहेको थियो भने प्रमुख अतिथिमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य कृष्ण केसीको रहेको थियो। त्यस्तै गरी बिशेष अतिथिमा युएई नेपाली एकता समाजका कार्यबाहक अध्यक्ष जय बिक रहेका थिए।
अन्य अतिथिहरुमा क्रमश: युएई नेपाली एकता समाजका निबर्तमान अध्यक्ष शिवराज जैशी, युएई नेपाली एकता समाज क्षेत्रीय समिती अबुधाबीका अध्यक्ष दिनेश थापा, दुबई क्षेत्रीय अध्यक्ष बिरु सुनार, अमलकुईन क्षेत्रीय अध्यक्ष खुमराज पाैडेलको साथमा स्याङ्जा सहयोग समाजका सचिव प्रकाश ढकाल, पाल्पाली सेवा समाज युएईका प्रतिनिधि राजा बगर, अर्धाखाची सम्पर्क समितीका अध्यक्ष कृष्ण भुसाल सहित अन्य युएईमा कृयाशिल बिभिन्न संघ संस्थाहरुका प्रमुख लगाएत प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
उक्त कार्यक्रम दुई चरणमा सन्चालन गरिएको थियो एक औपचारिक अनी अर्को साँस्कृतिक । औपचारिक कार्यक्रमको सन्चालन संस्थाकी सदस्य निरु शर्माले गरेकी थिईन भने साँस्कृतिक कार्यक्रम युएई नेपाली एकता समाजका सचिब बिष्णु गैरेले गरेका थिए। औपचारिक कार्यक्रमको शुरुवातमा सहिदको सम्झनामा १ मिनेट माैन धारण गर्दै प्रमुख अतिथि तथा अन्य अतिथिहरुबाट पानसमा बत्ति बालेर कार्यक्रमकाे उदघाटन गरिएको थियो। उदघाटन कार्यक्रम पछी उपस्थित सबैलाई युएई नेपाली एकता समाज महिला बिभागकी सदस्य सिता ढकालले मन्तब्य मार्फत स्वागत गरेकी थीइन । स्वागत मन्तब्य पछी प्रगतिशिल कलाकारहरु मार्फत स्वागत गीत गाउदै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा अतिथिहरु बोल्दै एकता समाजले आयोजना गरेको कार्यक्रमहरु सदैब सफल हुनेगरेको र आजको कार्यक्रम पनि भिन्नै खालको भएकाले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।
कार्यक्रमको बिचमै उपस्थित अतिथीहरुले प्रगतिशील तिजी कार्यक्रमको आयोजना गरेर बिदेशी भुमीमा पनि सबैलाई सचेतना फैलाउन एकता समाज आज सम्म अग्रिम स्थानमा रहेको बाताएका थिए। हामीले बाहिर बाट हेर्दा सबै खुशी र् उमङ रुपमा मनोरन्जन लीईरहेको देख्न सकिन्थ्यो । किनकी नाच्ने छमछमी नाछेका थिए भने गाउनेले आफ्नो सुमधुर आवाजमा गाईरहेका थिए त्यस्तै खानेले आफ्नै धुनमा तिज बिशेष स्वादिस्ट खाना खाइरहेका थिए। जहा रक्तिम अभियानका मार्मिक गीत र नाचहरुले उपस्थित सबैको मन छुनुको साथै भरपुर मनोरन्जनको आभास भएको थियो|
कार्यक्रम सन्चालन भए पछी बिचमा राष्ट्रिय जनमाेर्चाकी उपाध्यक्ष तथा सभासद दुर्गा पाैडेलले नेपाल देखी प्रगतिशील तीज बिशेष कार्यक्रमको सफलताको शुभकामना सन्देश पठाउनु भएको थियो उक्त सन्देश युएई नेपाली एकता समाजका सचिव बिष्णु गैरेले बाचन गरेका थिए। कार्यक्रममा महिला दिदिबहिनीहरुले लाइभ तीज बिशेष गीत प्रस्तुत गरेर उपस्थित सबैलाई भरपुर मनोरन्जन दिलाएका थिए।
युएईको दुबई स्थित बुर्जमान मेट्रो स्टेशन नजिकै रहेको स्वागतम होटेल (WELCOME HOTEL ) मा आयोजना गरिएको तीज बिशेष कार्यक्रम २०१८ युएईमा प्रगतिशिल तरिकाले मनाउन पाउदा उपस्थित दर्शकहरुले खुशी ब्यक्त गरेका थिए। हरेक समयमा बिभिन्न कार्यक्रमको बहानामा राष्ट्रिय कलाकारहरुलाई निमन्त्रणा गर्दै फजुल खर्च गरिरहेको सबैले भोग्दै आईरहेको सबैलाई जानकारी छदै छ। महिना भरी ७०० देखी १००० युएई दिहराम सम्म तनखा लिने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले समय समयमा दुखेशो पोखेको पनि देखिएको छ।
हरेक हप्ता युएईमा फरक फरक संघ संस्थाहरुले बिभिन्न मनोरन्जनात्मक कार्यक्रम गरिरहदा आफुलाई पनि जाउ जाउ लाग्ने तर कार्यक्रम हुने बेलामा सेलरी नपाउने भएकाले हरेक कार्यक्रममा उपस्थित हुन नपाईने र एक्लो महशुश हुने युएईमा कार्यरत महिला दिदी बहिनीहरु बताउछन ।
उपस्थित एक जना दिदीले भनिन, म परदेशमा छु दिनरात दुख्ख गरेकी छु तर युएईमा प्रगतिशिल तरिकाले महान चाड हरितालिका (तीज) मनाउन पाउदा आज मेरै आगनमा बसेको जस्तो महशुश गरे । त्यस्तै अन्य उपस्थित दर्शकहरुले पनि आफ्नै गाउघरको झल्को आएको बताए ।
युएईमा महिलाहरुले दर खाँदै प्रगतिशील तीज बिशेष कार्यक्रम भब्य रुपमा मनाए !
२०७५ भाद्र १८, सोमबार ०५:२९
Footer Slider, Top News, अन्य समाचार, मनोरञ्जन, विविध
Related Posts
२०७७ माघ २९, बिहीबार १०:०७
अनिता खड्कालाई जापानबाट ३ लाख सहयोग
२०७७ पुष २८, मंगलवार १३:११