बुर्तिवाङ २०७५ भदौ १९ । भदौ १७ गते श्रीकृष्ण जन्माष्टमीका दिन बुर्तिवाङ बजारमा नारी शक्ति र ढोरपाटन नगरपालिकको तत्वावधानमा भव्य तीजी नृत्य कार्यक्रम चलिरहँदा बुर्तिवाङ बजारकै रिभरहेड बोर्डिङ छेउमा डेरा गरी बस्दै आएका देविस्थानका मीनबहादुर सुनार आफ्नी श्रीमती र बडीगाड गाउपालिका वडा नं ७ का वडाध्यक्ष कृष्ण गुरुङलाई कोठामा थुनी (बाहिरबाट कोठामा ताल्चा लगाएर) आपत्तिजनक अवस्थामा भेट्टिएको भन्दै ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा उजुरी दिन पुगे । प्रहरी तत्काल घटनास्थलमा पुगेर कोठाको ताल्चा खोली दुबैलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय लग्यो । घटना सनसनीपूर्ण थियो, चारैतिर डढेलो र्झै फैलियो । मीनबहादुरले घटनास्थलमा प्रहरी आएर उनिहरुलाई नियन्त्रणमा लिएर लैजादै गर्दाको भिडियो रेकर्ड गरी सार्वजनिक गरेपछी त घटना भाईरलै बन्यो ।
‘घटना सत्य नभए कुनै पनि लोग्ने आफ्नै श्रीमतीको चरित्र हत्या हुने गरी प्रहरी कहाँ उजुरी गर्न जान्न’ भन्ने टीका टिप्पणी भैरहेको अवस्थामा, ईलाका प्रहरी कार्यालय बुर्तिवाङले नियन्त्रणमा लिईएका वडाध्यक्ष र महिलालाई भदौ १८ गते विहान जिल्ला प्रहरी कार्यालय बागलुङ पठायो । र हिँजै भदौ १८ गते नै उनिहरु (नियन्त्रणमा लिईएका वडाध्यक्ष र महिला) जिल्ला प्रहरी कार्यालय बागलुङबाट छुटकारा पाए अर्थात मिलापत्र गरेर गए । केहि घण्टाकै अन्तरालमा कति सहजै पटाक्षेप भयो (टुंगियो) यस्तो सनसनीपूर्ण घटना, के छ यस भित्रको रहस्य ? यहि नै, अहिले सर्वाधिक चासोको विषय बनेको छ ।
आफ्नी धर्मपत्नी, त्यस्मापनि दुई छोराछोरीकी आमाको इज्जतआमदलाई दाउमा राखेर कुनै परपुरुषसंग बसेको आरोप लगाउदै प्रहरी समक्ष उजुरी दिनु पर्ने के बाध्यता आईलाग्यो मीनबहादुरलाई ? गाउपालिकाको वडाध्यक्ष जस्तो गरिमामय पदमा आसीन जनप्रतिनिधीलाई झुठ्ठा आरोपमा फसाउन उन्लाई कस्ले उस्काए ? वा आर्थिक लेनदेन आदिको लठारोले काम गरेको त छैन ? या पतिपत्नी बीचकै सल्लाहबाट यो घटनाको तानावाना बुनिएको हो ? आदि गम्भीर प्रश्नहरु उब्जिएका छन् ।
वडाध्यक्ष जस्तो जिम्मेवार पदमा रहेका कृष्ण गुरुङ, मीनबहादुरको डेरामा जानु पर्ने कारण के थियो ? कसले बोलएर गएका थिए ? किन मीनबहादुरले कोठा बाहिर ताल्चा लगाएर प्रहरी समक्ष उजुरी गर्न गए ? यस विषयमा गुरुङले मौनता तोड्नु जरुरी छ । अर्कोतिर बैदेशिक रोजगारीमा गएर कमाएको ३०/४० लाख हिनामिना पारेको आरोप लगाउदै आफ्नी श्रीमतीलाई परपुरुषसंग एउटै कोठामा थुनेर प्रहरी कार्यालयमा उजुरी दिन पुग्ने मीनबहादुर सुनारले पनि सही कुरा के हो बाहिर ल्याउनु जरुरी छ ।
अहिले महत्वपूर्ण प्रश्न महिला हिँशाको छ । घटना केहि थिएन भने, मीनबहादुरले आफ्नी श्रीमतीलाई यसरी उनको ईज्जत आमदमा क्षेती पुग्नेगरी परपुरुषसंग आपत्तिजनक अवस्थामा भेटिेटएको भनी ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा उजुरी गर्नु महिला हिँशाको ज्वलन्त उदाहरण हो । यसतर्फ सरोकारवाला अधिकारकर्मीहरुको ध्यानाकृष्ट होला ?